back
NMB ad

रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु   

Kumari bank ad

जाजरकोट, ११ मङ्सिर : भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएकोे जानकारी दिनुभयो । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भन्नुभयो “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।” चदाराले छोरीको जन्म दिएकी थिइन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

वि.सं.२०८० मंसिर ११ सोमवार १०:२६ मा प्रकाशित

You can share this post!

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:३४

चितवन, १४ जेठः नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४१

काठमाडौँ । नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ...

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

वि.सं.२०८१ जेठ १४ सोमवार १०:२९

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त...

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१७

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष...