back
NMB ad

को हुन् यू-१९ विश्वकप क्रिकेटमा पहिलो हृयाट्रिक गर्ने सन्दिप लामिछाने ?

Kumari bank ad

काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू-१९ विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले हृयाट्रिक विकेट लिएका छन् । यो ह्याट्रिक संगै यू-१९ विश्वकपमा नेपालकालागि हृयाट्रिक लिने उनी पहिलो र एकमात्र नेपाली बलर बनेक छन् ।

बंगलादेशको फुतलाह मैदानमा आयरल्याण्डसँगको खेलमा लामिछानेले ३२ औं ओभरको अन्तिम ३ बलमा तीन जना आइरिस ब्याट्म्यानलाई आउट गर्दै ब्यक्तिगत हृयाट्रिक पूरा गरे । जारी विश्वकपको पहिलो हृयाट्रिक लामिछानेले लिएक हुन्  ।

३१ दशमलव ४ ओभरमा उनले टकरलाई १५ रनमा दिपेन्द्र ऐरीद्वारा क्याचआउट गराए । त्यसपछिको बलमा डेनिसन ब्यक्तिगत २१ रनमा विकेटकिपर राजु रिजालद्वारा क्याच आउट भए । ३२ औं ओभरको अन्तिम बलमा बैरी टकर बोल्ड आउट भएपछि सन्दिपले अविस्मरणीय ह्याट्रिक पूरा गरे । आजको खेलमा पूरै १० ओभर बलिङ गरेका उनले मात्र २७ रन खर्चेर आयरल्याण्डको ५ विकेट लिए ।

को हुन् सन्दिप ?

नवलपरासीका सन्दीप लामिछानेले यु १९ राष्ट्रिय टोलीमा पहिलो पटक स्थान पाएका हुन् । यु १९ विश्वकपको तयारीका लागि आयोजित सुपर लिग प्रतियोगितामा उनले सर्वाधिक १२ विकेट लिएका थिए । नेपाली टोलीका पूर्वप्रशिक्षक पुवुदु दासानायाके उनको खेलबाट प्रभावित भई उनलाई काठमाडौँ बोलाएर क्याम्पमा राखेका थिए ।

१६, माघ, २०७२

वि.सं.२०७२ माघ १६ शनिवार १२:४९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...