back
NMB ad

बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड

Kumari bank ad

काठमाडौं । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छन् ।
एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उहाँलाई एशिया टप ब्राण्ड मास्टर ग्राण्ड अवार्ड प्रदान गरिएको हो । बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । समारोहमा विभिन्न देशका महिला उद्यमी तथा पेशा व्यवसायमा सक्रिय व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताइन् । ‘नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन मलाई यस अवार्डले प्रोत्साहन मिलेको छ ।’ अवार्ड ग्रहण गरेपछि श्रेष्ठले भनिन् ।

Raveena-Award
यसअघि पनि उनले सिंगापुरबाट ‘लेडी अफ एक्सिलेन्स अवार्ड’, मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ प्राप्त गरिसकेकी छन् । यसैगरी, अमेरिकाको किंग्स विश्विद्यालयले श्रेष्ठलाई मानार्थ विद्यावारिथीको उपाधि दिएको थियो । उनले स्वदेशमा पनि बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान पाएकी छन् ।
अवार्ड विजेता श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएकी छन् । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसकेकी छन् ।
६ मंसिर २०७३

वि.सं.२०७३ मंसिर ६ सोमवार २१:३४ मा प्रकाशित

You can share this post!

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...