back
NMB ad

कोलम्बियामा भएको विमान दुर्घटनामा ७६ को मृत्यु,पाँचको जीवितै उद्दार

Kumari bank ad

काठमाडौ । ब्राजिलको ए डिभिजन क्लवका खेलाडीहरुसहित ८१ जना बोकेर बोलिभियाबाट कोलम्बियाका लागि उडेको बिमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । पाँच जनाको भने जीवितै उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये ३ जना फुटबलर रहेको बताएका छन् ।

मध्य कोलम्बियाको मेडेलिन अन्तर्राष्ट्रिय बिमानस्थलका लागि उडेको चार्टर बिमान एयरपोर्ट नजिकै दुर्घटनामा परेको हो । उद्दारमा खटिएका मेडेलिन प्रहरी अधिकारीहरुका अनुसार ७६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले पनि यसको पुष्टि गरेको छ ।

मेडेलिन पुलिसका जनरल जोसे असेभेडोलाई उदृत गर्दै कम्तिमा ७५ जनाको घटनास्थलमै मृत्यु भएको र एकजना घाइतेको अस्पतालमा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारी बर्षा र अध्यारोका कारण उद्दारमा निक्कै कठिनाइ भएकाले उज्यालो नहुन्जेलसम्मका लागि उद्दारकार्य स्थगित गरिएको छ । मेडेलिन एयरपोर्टले यसको पुष्टि गरेको छ ।

यता ब्राजिलियन फुटबल कन्फेडेरेसनले बिज्ञप्ति जारी गर्दै दुर्घटनाग्रस्त बिमानका यात्रु र चालकदलका सदस्यका लागि प्रार्थाना गर्न अनुरोध गरेको छ ।

अपुष्ट खवरहरुका अनुसार विमानमा इन्धन सकिएको वा इलेक्ट्रिक समस्या आएपछि क्याप्टेनले आकस्मिक अवतरणको प्रयास गरेका थिए । मेडेलिन एयरपोर्टको राडारसँग कुरा हुँदैगर्दा सम्पर्कबिच्छेद भएको बताइएको छ ।

प्रकाहित मितिः २०७३ मंसिर १४

वि.सं.२०७३ मंसिर १४ मंगलवार १९:०९ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...