back
NMB ad

भारतमा दिल्लीमा ५.८ रेक्टर स्केलको भूकम्पको धक्का ! सतर्क बस्न आग्रह

Kumari bank ad

भारतको दिल्लीसहितका ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति १० बजेर ४९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भारतको मौसम विभागले जनाएको छ । तर अमेरिकी भूगर्भ विभिग युएसजिएसले भने ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प रहेको जनाएको छ ।

दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पका कारण भएको क्षतिको विवरण आएको छैन । भूकम्पपछिको अवस्थाका बारेमा मन्त्रालयले निगरानी गरिरहेको गृहमन्त्री राजनाथ सिंहले बताएका छन् । भूकम्पसँगै पराकम्प जान सक्ने भएकाले सतर्क रहन भनिएको छ ।

प्रकाशित मितिः २०७३ माघ २५

वि.सं.२०७३ माघ २५ मंगलवार ०७:२२ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...