back
NMB ad

शव यात्रा सहित भोली विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिने

Kumari bank ad
काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको आकश्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै कोइरालाको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको हो ।
सरकारले मंगलबारदेखि बिहीबारसम्म सबै सरकारी कार्यलय, विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको संचारमन्त्री एवं सरकारका प्रवक्ता शेरधर राईले जानकारी दिए। यो बीचमा कुनै पनि औपचारिक कार्यक्रम गरिने छैन ।
बिहीबारदेखि विदेशस्थित कुटनीतिक नियोगमा शोक पुस्तिका राख्ने सरकारले निर्णय गरेको हो । कांग्रेस केन्द्रीय समितिको आकश्मिक बैठकले स्वर्गीय कोइरालाको बुधबार अन्त्येष्टि गर्ने निर्णय गरेको छ। सोहि बैठकले कोइरालाको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गर्ने निर्णय समेत गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यका अनुसार कोइरालाको शव आज १२ बजेपछि दशरथ रंगशालामा राखिनेछ । त्यसपछि भोलि रंगशालाबाट बागबजार, मैतिदेवी हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा गराइनेछ ।
कांग्रेसले आउँदो फागुनको ३ गतेसम्म देशभरीका पार्टी कार्यालय र भ्रातृ संगठनका कार्यालयहरु शोक स्वरुप पूर्ण रुपमा बन्द गराउने निर्णय पनि गरेको छ। त्यस्तै फागुन ९ गतेसम्म पार्टी कार्यालयमा पार्टीका झण्डा आधा झुकाउने र देशभरी पार्टी कार्यालयहरुमा शोकसभा गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए । त्‍यस दिन कांग्रेसको केन्द्रीय कार्यालयले काठमाडौंमा पनि शोकसभा गर्नेछ ।
देशभरी जिल्ला अधिवेशन चलिरहेकाले फागुन ९ गतेसम्म ती कार्यक्रमहरु स्थगित गर्ने र नतिजा आउने अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचन समितिले निर्णय गर्न सक्ने पनि केन्द्रीय समितिले निर्णय गरेको छ ।
२६ माघ २०७२ / ११:५१ 

वि.सं.२०७२ माघ २६ मंगलवार १२:०१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...