back
NMB ad

अब क्रिक्रेटरको तलब वार्षिक दुई करोड रुपैयाँ

Kumari bank ad

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले खेलाडीहरूसँगको वार्षिक सम्झौता नविकरण गर्दै बुधबार क्रिकेटरको नयाँ ग्रेड सार्वजनिक गरेको छ । यस्तै टेष्ट क्रिकेटबाट सन्यास लिनुका बाबजुद धोनीलाई बिसीसीआईले ए ग्रेडमै राखेको छ । बिसिसिआईले २०१५ को नोभेम्बरमा खेलाडीसँग अन्तिमपटक वार्षिक सम्झौता गरेको थियो। करिब डेढ वर्षपछि बिसिसिआईले खेलाडीसँग सम्झौता नवीकरण गरेको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन्।

क वर्ग (वार्षिक स् दुई करोड भारु)

विराट कोहली, महेन्द्रसिंह धोनी, रविचन्द्रन आश्विन, अजिन्का राहाणे, चेतेश्वर पुजारा, मुरली विजय, रवीन्द्र जडेजाले वार्षिक २ करोड भारू पारिश्रमिक पाउनेछन्। उनीहरूले यसअघि १ करोड रूपैयाँ पाउने गरेका थिए। यस्तै म्याच फि अन्तर्गत टेष्ट खेलेवापत १५ लाख, एकदिवशीयको ६ लाख र टी-ट्वान्टीको ३ लाख प्रति खेल -म्याच फी पाउनेछन्।

ख वर्ग (वार्षिक पारिश्रमिकस् एक करोड भारू)

रोहित शर्मा, लोकेश लाहुल, भुवनेश्वर कुमार, मोहमद सामी, इशान्त शर्मा, उमेश यादव, ऋिद्धिमान साह जस्प्रित बुमराह, युवराज सिंह ख वर्गमा परेका क्रिकेटरहरू हुन्। उनीहरूले वार्षिक १ करोड भारू पाउँछन्। यसअघि ५० लाख भारू पाउने गरेका थिए। यस्तै म्याच फि अन्तर्गत टेष्ट खेलेवापत १५ लाख, एकदिवशीयको ६ लाख र टी(ट्वान्टीको ३ लाख प्रति खेल म्याच फी पाउनेछन्।

ग वर्ग (वार्षिक पारिश्रमिकस् ५० लाख भारु)

शिखर धवन, अम्बाती रायडु, अमित मिश्रा, मनीष पाण्डे, अक्षर पटेल, करुण नैर, हार्दिक पान्ड्या, आशिष नेहरा, केदार ज्यादब, युभ्जेन्द्र चहाल, पार्थिव पटेल, जयन्त यादव, मन्दीप सिंह, धवन कुलकर्णी ग श्रेणीमा परेका छन्। उनीहरूले वार्षिक ५० लाख भारू पारिश्रमिक पाउनेछन्। यसअघि ग श्रेणीका क्रिकेटरहरूको तलब २५ लाख भारू थियो।

यस्तै म्याच फि अन्तर्गत टेष्ट खेलेवापत १५ लाख, एकदिवशीयको ६ लाख र टी(ट्वान्टीको ३ लाख प्रति खेल म्याच फी पाउनेछन्।

१० चैत २०७३, १।३०

वि.सं.२०७३ चैत १० बिहीवार १३:४६ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...