back
NMB ad

टानमा नयाँ कार्यसमितिको आंशिक सफलता

Kumari bank ad

काठमाडौं । हुदहुद लगायत हिमपहिरोमा ज्यान गुमाएका मजदुरका परिवारलाई ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानले दिन बाँकी क्षेतिपुर्ति रकम उपलव्ध गराउने भएको छ ।

अघिल्लो कार्यसमितिले टिम्स (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) बिक्रि गरेबापतको रकमबाट उपलव्ध गराउनु पर्ने सो रकम उपलव्ध गराउन सकेको थिएन । अघिल्लो कार्यसमितिको चार करोड बढी बेरुजु फछ्र्योट हुन नसक्दा १८ करोड बढी रकम नेपाल पर्यटन बोर्डमा रोकिएको थियो ।

अघिल्लो कार्यसमितिको लापरवाहीपूर्ण फजुल खर्च र बेरुजु मिलान गर्ने कुनै उपाय नभए पछि टानलाई टाट बनाउँदै विदा लिएको थियो । सो समयमा हुदहुदमा ज्यान गुमाएका मजदुरका परिवार र युनिट्राभ लगायत मजदुर संगठनले पाउनु पर्ने क्षतिपुर्ति रकम नपाए अधिबेशन नै चल्न नदिने भन्दै माली गाउँस्थित टान मुख्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दी पछि असोज १५ मा गर्ने भनेर घोषणा गरिएको टानको निर्वाचन उम्मेद्वारी मनोनयनकै दिन स्थगित भएर असोज २८ २०७२ मा गरिएको हो ।

निर्वाचित भएर आएको दिनदेखि अघिल्लो कार्यसमितिले गरेको गलत कामको अध्ययनमै वितेको बताउँछन् टानका बर्तमान अध्यक्ष चन्द्रप्रसाद रिजाल ।

‘निर्वाचित भएर आएदेखि मेरो समय यही काममा बित्यो’ रिजाल भन्छन् ‘निर्वाचित भएर आए लगतै कार्यालयमा भएका कर्मचारीलाई तलव खुवाउने, दैनिक कार्यालय सञ्चालनको लागि आवश्यक बजेट जोहो गर्ने र हुदहुद लगायत सगरमाथा हिमपहिरोमा परेर घाइते तथा मृतकका पिडित परिवारलाई राहत उपलव्ध गराउन पर्यटन बोर्ड र मन्त्रालयसंग आवश्यक समन्वयमै वितेको छ ।’

पछिल्लो पटक आफु जमानी बसेर करिव दुई करोड निकासा गर्न सफल भएको बताउँदै अध्यक्ष रिजाल भन्छन् कम्तिमा पिडित मजदुरका परिवारलाई दिनै पर्ने राहत दिन सकिने भएको छ । उनीहरुलाई सो रकम यही हप्ता निकासा गरिदिने रिजालले बताए । क्षतिपुर्ति पाउँन करिव दुई सय जना बाँकी रहेको टानले जनाएको छ ।

‘टानलाई सुद्धिकरण गर्ने, व्यवसायीहरुको असली प्रतिनिधी संस्था बनाउने अभियान बोकेर प्रवेश गरेको हुँ तर चार महिना यस्तै काममा अल्झिन परे पनि यो कामलाई आंशिक सफलताको रुपमा लिएको छुु’ उनले भने ।

टिम्स बिक्रि गरे वापतको अझै १५ करोड बढी रकम पर्यटन बोर्डमै रोकिएको बताइएको छ ।

माघ २९, २०७२, ३.००

वि.सं.२०७२ माघ २९ शुक्रवार १५:३४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...