back
NMB ad

व्यवसायीले दलहरुलाई भने, बुटवललाई विश्वकै पर्यटकीय नगर बनाउने घोषणापत्र ल्याउनुस् !

Kumari bank ad

बुटवल । स्थानीय तहको निर्वाचनमा बुटवलको पर्यटन बिकास गर्ने चुनावी घोषणापत्र ल्याउन बुटवलका ब्यबसायीले दलहरुलाई सुझाब दिएका छन् । बुटवललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी सबै राजनैतिक दलहरुले चुनावी घेषणापत्रमा समाबेस गर्नुपर्ने उनीहरुको माग छ ।

Butwal-Upamahanagarpalika

उनीहरुले गौतम बुद्धको जन्म स्थल लुम्बिनीको निकटमा रहेको बुटवललाई विश्वकै पर्यटकीय नगरका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले यो अभियानका लागि राजनैतिक दल र यहाँका सामाजिक संघ संस्था सक्रिय हुनुपर्ने धारणा राखे ।

बुटवल नगरलाई सुरक्षित वसोबासको स्थल बनाउनका लागि ट्राफिक व्यवस्थापन जरुरी रहेको बताउदै वक्ताहरुले सार्वजनिक सवारी साधन पार्किङको व्यवस्थापनका लागि बुटवल उपमहानगर पालिका गम्भिर हुनु पर्नेमा जोड दिए ।

पर्यटकीय गन्तव्यका लागि बुटवमा पूर्वाधार बनिरहेकाले सबै निकायले चासो दिनुपर्ने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जि.सी. ले बताए । अर्का ब्यवसायी खिमानन्द गौतमले बुटवललाई सुन्दर, शान्त र सुरक्षित आवासिय क्षेत्रका रुपमा विकास गर्न सके यस क्षेत्रका पर्यटकीय ,धार्मिक तथा एैतिहासिक स्थलको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा ब्यबसायी बमबहादुर थापा ,रामप्रसाद गौतम, बाबुराम गौतम,पत्रकार दिनेश खडका लगायतले बुटवललाई पर्यटनसंग जोडेरे बिकास गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मितिः २०७४ बैशाख १५

वि.सं.२०७४ वैशाख १५ शुक्रवार १४:३६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...