back
NMB ad

अधियाँमा एउटा गाई पालेका रेग्मी चितवनकै उदाहरणीय उद्यमी !

Kumari bank ad

चितवन (माडी) । सरिता र रुद्रप्रसाद रेग्मी पिठुवाबाट बसाइँ सरेर माडी अयोध्यापुरीको शिवद्वार आएको १४ वर्ष पुग्न लाग्यो । पिठुवाको एक कठ्ठा तीन धुर जग्गा बेचेर अलि धेरै जग्गा खोज्दै माडी आएका उनीहरु यतिबला उदाहरणीय उद्यमी बन्न सफल भएका छन् ।

धेरै कमाउन नसके पनि उद्यमका लागि उदाहरणीय बन्न पाएकोमा यी दम्पती औधी खुसी भएका छन् । सस्तो जग्गा खोज्दै उनीहरु माडीको जंगल र खोला छेउ आए । अरुले केही नहुने ठानेको जमिनबाट उनीहरुले आफ्नो जीवनमा फेरबदल ल्याएका छन् । पिठुवाको एक कठ्ठा ३ धूर जग्गा बेचेर माडीमा १० कठ्ठा किने । सुरूमा जग्गा राम्रो खेती नहुने काँसघारी थियो । सो जग्गामा खेती राम्रो नहुने भएपछि माछा पाल्न थाले उनीहरुले । विस्तारै गाई पालन पनि सुरु गरे । अहिले माछा र गाईमात्रै होइन, बंगुर, बाख्रा र कुखुरा पनि गोठभरि छन् ।

गाईपालन व्यावसायिक रुपमा गरेका छन् । फार्म दर्ता गरेर दूध आफैँ संकलन गर्छन् । गाई १२ वटा छन् । दुधालु गाई छवटा छन् । दिनको ३०/३५ लिटर दूध आफ्नै घरको हुन्छ । गाउँलेहरुको दूध पनि आफैंले संकलन गरेर सय लिटर हाराहारीमा दूध बेच्न थालेका छन् उनीहरुले । महिनामा ७५ हजार रुपैयाँ बराबरको कारोबार हुन्छ । ४० हजार रुपैयाँसम्म बचत हुन्छ ।

‘कुनै बेला गाउँमा हजार १५ सय रुपैयाँ ऋण खोज्दा पनि मान्छेले दिन गाह्रो मान्दथे’ सरिताले भनिन्, ‘अहिले त्यो अवस्था छैन ।’ गाउँमा समूह बनाएर बचत सुरु गरेसँगै उनीहरुले कुखुरा बाख्रा किन्न थालेका हुन् । उनीहरुले पाँच वर्षअघि महिनाको पाँच रुपैयाँका दरले बचत सुरु गरेका थिए । सोही समूह अहिले सहकारीमा परिणत भएको छ । नाम हो, बुलबुले सहकारी ।

ऋण चाहिएमा उनीलाई सहकारीले धेरै सजिलो बनाएको छ । ‘बुलबुले सहकारीबाट १५ सय दुई हजार रुपैयाँ ऋण झिक्दै तिर्दै कुखुरा बाख्रा किन्न थालें’ सरिताले भनिन् । आम्दानी भएसँगै बचत पनि बढेपछि चारपाँच हजार ऋण निकालेर बंगुरपालन पनि सुरु गरेको उनले बताइन् । उनीहरुलाई माछाको भुरा र दाना किन्न पनि सहकारीबाट ऋण सजिलै मिल्थ्यो ।

उनीहरुले ५९ सालमा अधियाँमा एउटा गाई ल्याएर पालिन् । गाईको दूध बेच्दै गाई नै किन्न थालेपछि संख्या बढ्दै गएको होे । ६९ सालमा तीनवटा दुधालु र एउटा ब्याउने गाई किनेको रुद्रप्रसादले बताए । एक लाख ६० हजार रुपैयाँ जोगाड गरेर किनेको सोही गाईले बगाल बढाएर गोठ भरेको छ । ‘श्रीमान् श्रीमतीले मिलेर काम गछौँ । यहाँ यो काम महिलाले मात्रै र यो काम पुरुषले गर्ने हो भन्ने छैन । सक्ने काम दुवैले गर्छौ’ रुद्र र सरिताले एकै स्वरमा भने ।

श्रीमान् श्रीमतीबीचको यही मिलनले उद्यमी बन्न उनीहरुलाई सजिलो भएको छ । उनीहरुका जेठा छोरा भुवन १२ कक्षा पढ्दै छन् भने कान्छो छोरा सुरज र छोरी सुष्मा नौ कक्षामा छन् । उनीहरुले थप जमिन जोड्न नसके पनि डेढ बिघा खेत बन्दकी लिएका छन् । घरमा मेलमिलाप भए सम्पति जोड्न सहज हुन्छ भन्ने उदाहरण बनेका छन् उनीहरु । चितवन पोस्ट

६ फागुन २०७२ / ११/३७

वि.सं.२०७२ फागुन ६ बिहीवार ११:४१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...