back
NMB ad

प्रधानमन्त्रीसँगै निजी खर्चमा दिल्ली पुगे व्यवसायी, भारतीय लगानीका लागि पहल गर्ने

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहित १३ जना भारत गएका छन् ।  भारतमा रहँदा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरुमा सहभागी हुने छन् भने भारतीय उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने कार्यक्रमहरुमा सरिक हुनेछन् ।

भ्रमणको क्रममा महासंघको प्रतिनिधिमण्डलले भारतीय अर्थ, वाणिज्य, उर्जा र पर्यटन मन्त्रालयका उच्च पदाधिकारीहरुसँग भेटवार्ता गरि द्विपक्षीय व्यापार तथा ती क्षेत्रमा नेपालमा भारतीय लगानी विस्तारका लागि पहल समेत गर्नेछ ।

अध्यक्ष पशुपति मुरारकासँगै महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डिराज ढकाल, पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भवानी राणा, कार्यकारिणी समितिका सदस्यहरु चन्द्रप्रसाद ढकाल, कमला श्रेष्ठ, ज्योत्साना श्रेष्ठ, शाहिल अग्रवाल र महासंघका उपनिर्देशक अनुपकुमार श्रेष्ठ छन् ।

महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य, पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ र कार्यकारिणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, उमेशलाल श्रेष्ठ र त्रिभुवनधर तुलाधर आइतवार भारत जाने छन् । महासंघको प्रतिनिधिमण्डलमा सूचना प्रविधि, खानीजन्य, यातायात, उर्जा, निर्माण, कृषि, तयारी पोशाक, पर्यटन, बैकिङ, शिक्षा स्वास्थ्य,  अटोमोवाइल, हस्तकला, उत्पादनमुलक क्षेत्रको प्रतिनिधित्व रहेको छ ।

८ फागुन, २०७२, ११।००

वि.सं.२०७२ फागुन ८ शनिवार ११:४४ मा प्रकाशित

You can share this post!

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...