back
NMB ad

आजदेखि नयाँ नोट साट्न सुरु

Kumari bank ad

काठमाडौ। यसपाली दशैंको लागि भदौ २१ गते अर्थात आजबाट नयाँ नोट साट्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सरकारी निकाय लगायतकाले आजदेखि र सर्वसाधारणले भने भदौ २८ गतेदेखि नोट साट्न सक्नेछन् ।

राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । यसपटकबाट सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । तर, सरकारी बैंकमा नोट साट्न जाँदा प्रत्तिव्यक्ति २० हजार रुपैयाँ मात्र नयाँ नोट साट्न पाइने भएको हो । सरकारी बैंकहरूबाट भने भदौ २८ गतेबाट नोट सटहि हुनेछ । नेपाल बैंकको बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, किर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ । कृषि बिकास बैंकको मुख्य कार्यालय सहित कोटेश्वर, गौशला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकको क्षेत्रिय कार्यालय र मुद्रा सञ्चिती रहेका वाणिज्य बैंकबाट पनि नयाँ नोट वितरण हुनेछ ।

बैंकहरुले ५, १०, २०, ५० र १ सय दरका नोट सटही सुविधा दिने भएका हुन् । निजी क्षेत्रका बैंकहरुबाट पनि नयाँ नोट साट्न पाइने भएको छ । यसको लागि राष्ट्र बैंकले निजी बैंकहरुलाई साढे ३ करोड देखि ११ करोड रुपैयाँसम्मका नयाँ नोट दिने भएको हो ।

प्रकाशित मितिः२०७४ भदौ २१

वि.सं.२०७४ भदौ २१ बुधवार १३:१३ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...