back
NMB ad

प्रहरी कारवाही बिरुद्ध राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु बन्द

Kumari bank ad

काठमाण्डौं । प्रहरीले छापा मारेर आफ्नो क्षेत्राधिकारको उल्लंघन गरेको भन्दै नेपाल वैदेशिक रोजगार व्यावसायी संघले राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु आजबाट अनिश्चितकालका लागि बन्द गरेकोछ । उपत्यकामा ६ सय २५ भन्दा बढी म्यानपावर कम्पनी छन्।

ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले हिजो उपत्यकाका १८ वटा म्यानपावरमा छापा मारेर १४ जना म्यानपावर संचालकलाई पक्राउ गरेको थियो । यही घटनाको प्रतिकार स्वरुप वैदेशिक रोजगार व्यवसायी महासंघले आजबाट म्यानपावरका सम्पूर्ण कामकाज ठप्प पारेको हो ।

आजबाट म्यानपावर बन्द भएपनि भिसा आएर विदेश जान ठिक्क परेकाहरुलाई सात दिनभित्र उडाउन पनि महासंघले सबैसंग आग्रह गरेको छ ।

वैदेशिक रोजगारका नाममा मानव बेचबिखन, ठगी, विदेश जाने कामदारको बिचल्ली भएपछि छापा मारिएको प्रहरीले जनाएकोछ । पहिलो चरणमा आज १८ वटा म्यानपावरमाथि अप्रेसन चलाइएको भन्दै उनले बाँकी म्यानपावरहरुमा पनि अप्रेसन चलाइने बताए । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगीको उजुरी परेपछि महाशाखाले ११७७ नम्बरको हटलाइनसमेत सुरु गरेको छ ।

फागुन १३, २०७२, १२.००

वि.सं.२०७२ फागुन १३ बिहीवार १२:२४ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...