काठमाडौ । वोमी काईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२ प्रतिशत नगद लाभाँश प्रदान गर्ने भएको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भईसकेको छ । आगामि साधारणसभाले पास गरेपछि लगानीकर्ताले उक्त लाभाँश पाउनेछन् ।
यस्तै छिमेक लघुवित्त विकास बैंक लिमिटेडले सेयरधनीलाई २५.११ प्रतिशत नगद लाभाँश र १९.८९ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिईसकेको छ । आगामि साधारण सभाले पास गरेपछि सेयरधनीले उक्त लाभाँश प्रप्त गर्नेछन् ।
यसैगरी सूर्याेदय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभाँश दिने भएको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि साधारण सभाले पास गरेपछि लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मितिः २०७४ असोज २९
वि.सं.२०७४ असोज २९ आइतवार ११:१४ मा प्रकाशित