back
NMB ad

मोदीको बाटोमा डा. बाबुराम भट्टराई

Kumari bank ad

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले आज एक पत्रकार सम्मेलन गर्दै काठमाण्डौं शहरलाई सफा र हराभरा बनाउन हरेक हप्ता शहरलाई बढार्ने बताएका छन् । यसका लागि नयाँ अभियानका संयोजक डा. भट्टराईसहित केन्द्रीय सचिवालय सदस्यहरु, युवा, विद्यार्थी, मजदुर, किसानहरुको सहभागिता गरिने जानकारी दिइएकोछ ।

आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । हरियो काठमाण्डौं सफा काठमाण्डौंका साथ साथै नेपाली उत्पादनलाई प्राथमिकता दिने, भ्रष्टाचार बिरुद्ध हेल्प डेस्क स्थापना गर्ने, राष्ट्रिय र सामाजिक सद्भावका लागि अभियान थाल्ने र महिला बिरुद्ध हिंसामा शुन्य सहनशीलता अभियान थाल्ने कार्यक्रम आफ्नो पार्टीको रहेको पनि जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपालले एक आर्थिक वर्षमा एक व्यक्तिबाट ५० हजार रुपैयाँभन्दा धेरै चन्दा नलिने पनि बताइएकोछ । साथै कुनै संस्था, फर्म र कम्पनीबाट भने एक आर्थिक वर्षमा २० लाख रुपैयाँभन्दा धेरै चन्दा नलिने जनाएको छ । पार्टी सदस्यता शुल्क भने एक सय रुपैयाँ तोकिएको छ ।

१८ फागुन २०७२, ४.३०

वि.सं.२०७२ फागुन १८ मंगलवार १६:५२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...