back
NMB ad

ताप्लेजुङको समग्र विकास सहित पाथीभरा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गरिने

Kumari bank ad

काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरिने भएको छ । आगामी फागुन १ देखि ३ गतेसम्म हुने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन हुने र कार्यक्रमको राष्ट्रपतिबाट उद्घाटन हुँदैछ ।

महोत्सवमा कृषि उत्पादन, औद्योगिक हस्तकला तथा शिल्पकला, खाद्य परिकार उत्सव, सांस्कृतिक कार्यक्रम, प्याराग्लाइडिङ, भलिबल प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले उक्त स्थानमा प्रकृतिले विभिन्न किसिमका स्रोत र साधन उपलब्ध गराए पनि उचित व्यवस्थापन हुन नसक्दा स्थानीय पूर्वाधार विकास तथा जनताको समृद्धि कायम हुन नसकेको बताए ।

उनले भने, “उत्तरबाट दक्षिण बग्ने अधिकांश नदी त्यस क्षेत्रमा पर्छ, मुलुकमा ऊर्जाको विकासको लागि ताप्लेजुङले ठूलो योगदान गर्न सक्छ, स्थानीय तमोर जलाशय आयोजनाबाट करिब ७५० मेगावाट विद्युत् उत्पादन गर्नका सरोकार पक्षसँग गृहकार्य भइरहेको छ ।”

त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराईले सोमबार आयोजित पत्रकार सम्मेलनमा सडक सञ्जालका लागि छोटो दूरीमा त्यहाँ पुग्नका लागि वैकल्पिक मार्ग विकास गर्न तमोर करिडोर प्राथमिकतामा रहेको बताउँदै सुकेटार विमानस्थल स्तरोन्नति गरी हवाई यातायातलाई सहज बनाइने र पर्यटकलाई आकर्षित गराइने बताए ।

उक्त क्षेत्रमा प्रशस्तै छाँगा÷ छहरा, तालतलैया, नदीनालाका साथै पाँच हजार मिटर अग्ला चार हिमाल छन् । जैविक विविधता रहेको सो क्षेत्रमा जातीय, धार्मिक, भाषिक विविधता विशेषता रहेको छ । अहिले करिब तीन लाख पर्यटक त्यहाँ आउने गरेको बताइएको छ ।

पाथीभरा मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका सचिव तारानाथ घिमिरेले पाथीभरा धाम प्रवेशद्धार शिलान्यास, लोक झाँकी र पाथीभरा दूतको घोषणा गरिने जानकारी दिए ।

पाथीभरा क्षेत्र विकास समिति र स्थानीय नयाँ रणभीम गुल्मले महोत्सवमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पाथीभरा क्षेत्र नेपालकै प्रसिद्ध धार्मिकस्थलमध्ये महत्वपूर्ण तीर्थस्थल हो । पाथीभरा देवीसँग भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल पूरा भएपछि पुनः भक्तजन त्यहाँ जाने प्रचलन छ ।

मुलुकमा पाइने ४५ मध्ये २८ प्रजातिका लालीगुराँस र १०० भन्दा बढी प्रजातिका सुनाखरी पाथीभरा क्षेत्रमा पाइन्छ । यस्तै मुनाल, डाँफे, चिरकालिज, हरियो लामपुच्छ्रेलगायत दुर्लभ पन्छीले उक्त स्थानको सौन्दर्य बढाएको पर्यटन व्यवसायी पासाङ लामाले बताए ।

यस क्षेत्रमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा मुलुकको दोस्रो अग्लो हिमाल हो । त्यस्तै कुम्भकर्ण, काङ्बाचेन, मकालु, लोत्सेलगायत हिमाल यहाँबाट देख्न सकिन्छ ।

२०७४ माघ २२ गते प्रकाशित

वि.सं.२०७४ माघ २२ सोमवार २०:५६ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...