back
NMB ad

जनता बैंकको नवौं वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

Kumari bank ad

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड ८ वर्ष पुरा गरि ९ औं वर्ष प्रवेश गरेको छ । यस अवसरमा बैंकले विभिन्न ठाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
प्रभातफेरी : ९औं वर्ष प्रवेशको अवसरमा चैत्र २३ गते विहान प्रभातफेरी सम्पन्न गरिएको छ । बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रफातफेरी कार्यक्रममा बंैक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यका बाहिर रहेका अन्य शाखाहरुले पनि सम्पन्न गरेका छन् ।


 निःशुल्क स्वास्थ्य सिविर : देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गरि नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्ने निर्णय गरेको छ । यसै लक्ष्लाई अवलम्बन गर्दै ९औं बर्ष प्रवेशको अवसरमा मिति मा चौतारा शाखा, सिन्धुपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरियो । उक्त स्वास्थ्य शिविरमा करीव ५०० भन्दा बढी जना महिलाहरुले स्त्री तथा प्रसुति रोग सम्बन्धि परिक्षणका लागि सहभागि भएका छन् । सो मध्ये आङ खस्ने सम्बन्धी समस्याको अपरेशन गर्नु पर्ने बिरामीको निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको छ । उक्त सिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो । यसैगरी नयाँ बानेश्वर शाखामा निःशुल्क थायोराइड परिक्षण शिविर राखिएको छ । साथै धनगडी शाखा, कैलालीमा निःशुल्क डेन्टल, आँखा र जनरल मेडिसिन परिक्षण शिविर संचालनमा ल्याईएकोछ उक्त सिविरमा पनि बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको छ ।
यसै अवसरमा २०७४÷१२÷२४ गते शनिबार नयाँ बानेश्वर शाखामा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा स्त्री तथा प्रसुति रोग, हाडजोर्नी ग्यास्ट्रो, नाक, कान, घाँटी र जनरल मेडिसिन सम्बन्धी निःशुल्क परिक्षण आयोजना गरिएको छ ।


 रक्तदान कार्यक्रम : यसै अवसरमा चैत्र २३ गते बैंकको नयाँबानेश्वर, बिराटनगर, हेटौडा, नारायणघाट, पोखरा, वुटुवल, भैरहवा, नेपालगञ्ज र धनगढी शाखामा रक्तदान कार्यक्रम राखिएको थियो ।


सहयोग : सोही अवसरमा नागरिक समाज प्रतिष्ठान दमकको जेष्ठ नागरिक आवासमा भान्साकोठा सुधारको लागि रु. २५,००० नगद र समाज कल्याण आँचल अनाथालय महेन्द्रनगरका २० जना विद्यार्थीहरुलाई पोषाक र करिव रु. १० हजारको खाद्यान्न वितरण गरिएको छ ।

 छात्रवृत्ति : जनता बैंक नेपाल लिमिटेडले देशको विभिन्न भागका सरकारी स्कूलमा अध्ययनरत वालवालिकालाई नियमित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसै अवसरमा विभिन्न विद्यालयका ४४ जना विद्यार्थीलाई रु. २ लाख २० हजार छात्रवृत्ति वितरण गरिएको छ ।

बैंकले हाल देशभर रहेका १०६ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले रु. ५३ अर्ब निक्षेप संकलन तथा रु. ५० अर्व कर्जा प्रबाह गरेको छ ।

२०७४ चैत २३ गते प्रकाशित

वि.सं.२०७४ चैत २३ शुक्रवार १८:०५ मा प्रकाशित

You can share this post!

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:३४

चितवन, १४ जेठः नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा बढी

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४१

काठमाडौँ । नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ...

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

वि.सं.२०८१ जेठ १४ सोमवार १०:२९

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त...

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

बागमतीमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै   

वि.सं.२०८१ जेठ १४ सोमवार १०:१७

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष...