back
NMB ad

चौंथो नेपाललय वेष्टर्न युनाईटेड क्लव फुटबलको उपाधी टीम स्पिड न्युरोडलाई

Kumari bank ad

काठमाडौं । राजधानीको चन्द्रागिरिमा जारी चौंथो नेपाललय वेष्टर्न युनाईटेड क्लव फुटबल प्रतियोगिता अन्तर्गत आज भएको फाईनल खेलमा टिम स्पिड न्युरोडले उपाधि जितेको छ ।

चन्द्रागिरिको मातातिर्थ खेल मैदानमा सोमबार साँझ भएको खेलमा १–१को वरावरी पश्चात् खेल पेनाल्टी मार्फत टिम स्पिडले ४–२ अन्तरले उपाधी चुम्न सफल भएको हो । टिम स्पिडको जितसंगै दुई लाख बाईस हजार दुई सय बाईस रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

उप विजेता सोल्टी नेपालले नगद एक लाख एघार हजार एक सय एघार रुपियाँ प्राप्त गरेको छ । पहिलो हाफमा टिम स्पिडका खेलाडी सरोज राउतले खेलको १९ मिनेटमा पहिलो गोल गर्दै खेललाई अग्रता प्रदान गरे । खेलको अन्तिम चरणको ७० मिनेटमा सोल्टी नेपालका विजय लामाले गोल गरी खेलाई वरावरीमा रोके ।

निर्धारित समयमा खेल वरावरी भएपछि पेनाल्टी सुटमा ४–२ को अन्तरमा टिम स्पिड न्युरोड विजयी भयो भने टिम स्पिडका गोल रक्षक नवराज निरौलाले उत्कृष्ट गोल रक्षकको उपाधी सहित नगद रू १५ हजार हात पारे । सोल्टी नेपालका खेलाडी भानु श्रेष्ठ उत्कृष्ट खेलाडीको उपाधी सहित नगद १५ हजार पाउन सफल भए ।

वेष्टर्न युनाईटेड क्लव फुटबलका खेलाडी साजन महर्जनले सर्वाधिक राम्रो खेलाडी घोषित भए र यामाहाको स्कुटर संस्थाका कार्यावाहक अध्यक्ष रामनारायण घिमिरे र सस्थाका सल्लाहकार वटु थापाले संयुक्त रूपमा प्रदान गरे । पहिलो र दोश्रो हुने क्लवलाई पुर्व खृलकुद मन्त्री तथा नेपाल राष्ट्रिय खेलकुल महासंघका अध्यक्ष पुरूषोतम पौडेल र प्रदेश नं. ३ का प्रदेशसभा सदस्य रमा आले मगरले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।

२०७४ चैत ३० गते प्रकाशित

वि.सं.२०७४ चैत ३० शुक्रवार २१:५० मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...