back
NMB ad

बिमस्टेक सम्मेलन : सातवटा देशका झण्डा झकिझकाउ

Kumari bank ad

काठमाडौं । यही बुधबार र बिहीबार हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सम्मेलनको पूर्वतयारी पूरा भएको छ । स्थापनाको दुई दशक पुगेको बिमस्टेकको सम्मेलन यो चौथो पटक हो । यस पटक आयोजक राष्ट्र नेपालमा हुन लागेको हो ।

बिभिन्न ठाउँमा स्वागत गेट बनाएर सातवटा देशका झण्डा झकिझकाउ रुपमा फहराउन थालेका छन् । माइतीघर मण्डलालाई बेहुली जस्तै सिंगारिएको छ । सडकका खाल्टाखुल्टी पुरेर लाज ढाक्ने प्रयास गरिँदै छ ।

सम्मेलनमा भाग लिन सात वटा मुलुकका कार्यकारी प्रमुख आउने भएका छन् । सम्मेलनमा भारत, भुटान, बंगालादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट तथा सरकार प्रमुख र सरकारी अधिकारीको बाक्लो उपस्थिति हुनेछ ।

सम्मेलनमा भाग लिन आउने पाहुनालाई तीन घेराको सुरक्षा दिइने भएको छ । सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेनाले हवाई गस्ती गर्ने भएको छ । उनीहरुलाई बिभिन्न पाँच तारे होटलमा राखिने भएको छ ।

सम्मेलनमा सहभागी हुनका लागि भोली (मंगलबार) देखि नै सदस्य राष्टका प्रमुखहरु नेपाल आउन थाल्ने छन् । सम्मेलनमा भाग लिन म्यानमारका राष्टपति विन मिन्ट, श्रीलंकाका राष्टपति मैत्रिपाल श्रीसेना, भुटानका प्रधानन्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिड. वाड.चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगालादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान नेपाल आउँदै छन् ।

यस सम्मेलनले खासगरी दक्षिणपूर्वी एशियाली देशहरुसँग आवत जावत गर्न सहज हुने गरी यातायात र विद्युत प्रसारणलाइन (इनर्जी ग्रिड) जोडने बिषमा छलफल हुने र निचोड निकाल्ने अनुमान गरिएको छ । नेपाल सम्मेलन आयोजक राष्ट भएकाले प्रचार प्रसारलाई अन्तराष्टिय करण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले सम्मेलन अवधिभर जोर बिजोर प्रणालीबाट यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । १३ र १५ गते बिजोर नम्बरका सवारी सञ्चालन गर्ने छन् भने १४ गते जोर नम्बरका सवारी साधान सञ्चालन हुने छन् ।

२०७५ भदौ ११ गते प्रकाशित

वि.सं.२०७५ भदौ ११ सोमवार १३:१२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...