back
NMB ad

जनता बैंकको भारतबाट रेमिट्यान्स सेवा संचालन

Kumari bank ad

काठमाडौं ।‘‘नेपाली जनताको बैंक, जनता बैंक’’भन्ने नाराका साथ जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’मार्फत आन्तरिक तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा पु¥याउदै आएकोमा अब देखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेड बिच हालै भएको संझौता अनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । रेमिट्यान्स कारोवारको लागि एक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरु मार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ । एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२६ शाखाको अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ ।

जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिनेछ । जनता बैंकले देश भरीमा १२६ शाखा सञ्जाल,४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

२०७५ कार्तिक १३ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक १३ मंगलवार १५:५९ मा प्रकाशित

You can share this post!

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार १२:४७

काठमाडौं । सोल्टिमोड,काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु...

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

वि.सं.२०८१ जेठ १४ सोमवार १२:१७

काठमाडौँ, १४ जेठ : मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको...

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:५९

काठमाडौँ, १४ जेठ : नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा...

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:३४

चितवन, १४ जेठः नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...