back
NMB ad

नबिल बैंकको भिसाकार्ड प्रयोग गर्दा नगद फिर्ता योजना

Kumari bank ad

काठमाडौं । नबिल बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर नबिल भिसाकार्ड नगद फिर्ता (क्यास ब्याक) योजना ल्याएको छ । यस योजनामा नबिल भिसाकार्ड वाहक ग्राहकहरुले १० प्रतिशत नगदै फिर्ता पाउनेछन् ।

यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पोइन्ट अफ सेल्स (पिओएस) बाट प्रत्येक पटक सफल कारोबारको १० प्रतिशत अथवा अधिकतम पाँच सय रुपैयाँ नगदै फिर्ता पाउनेछन् ।

यो योजना आजदेखि लागु भइ पुस १६ गते सम्म रहनेछ । यस योजनाले हाम्रा भिसाकार्डवाहक ग्राहकहरुलाई कार्ड मार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै ग्राहकलाई पिओएस तथा ई कमशको लागि कार्डको प्रयोग बढी भन्दा बढी गर्न र विद्युतिय कारोवारलाई सजिलो सँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ ।

साथै यस योजनाले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतिय कारोबारका लागि प्रेरित गरी हाल भुक्तानीका लागि नगद प्रयोग गरिरहेका ग्राहकलाई कार्ड मार्फत नियमित कारोवार गर्न प्रेरित गरी डिजिटल बैंकिङ विकास गर्नको लागि सहयोग पुग्ने विश्वास लिएको नबिल बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

नबिल बैंक भिसा इन्टरनेशनल, मास्टरकार्ड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको नेपालमा रहेको एक प्रमुख अग्रणी सदस्य हो र यसले डेबिट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्ड जारी गर्नुका साथै एटिएम, पिओएसे र इलेक्ट्रोनिक पेमेण्ट गेट वे नेटवर्क मार्फत कार्डको कारोवार गर्दै आएको छ ।

नबिल बैंक नयाँ प्रविधीलाई ग्रहण गर्न तथा नयाँ सेवा तथा योजनालाई अंगिकार गर्ने कार्यमा सधै अग्रपङ्तिमा रही आएको छ । बैंकले यस्तो योजना ल्याएर दोस्रो चरणको अभियान शुरु गरेको छ । यस नबिल बैंकका भिसाकार्ड वाहकहरु अधिक लाभान्वित हुनेमा बैंक विश्वस्त भएको जारी बिज्ञप्तिमा उल्लेख छ ।

२०७५ मंसिर १४ गते प्रकाशित

वि.सं.२०७५ मंसिर १४ शुक्रवार ११:०३ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...