back
NMB ad

आन्दोलन सफल हुने उपलब्धी संरक्षण नहुने अवस्था अन्त्य हुन्छ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धीको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को संयुक्त संसदीय दल (संघीय संसद र राष्ट्रिय सभा)लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“ २००७ सालमा राणा विरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धीको संरक्षण भएन । २०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्धी संस्थागत भएन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “२०६२÷०६३ को जनआन्दोलनका उपलब्धीलाई पनि संस्थागत हुन नदिने र सफल हुन नदिने मनशाय बोकेका केही मानिसहरु छन् । तिनको मनशाय पुर हुन दिनु हदैन ।”

प्रधानमन्त्री ओलीले यो विधयक अधिवेशन भएकोले सरकारले संसदमा पेश गरेका विधयकहरुको गहन अध्ययन गर्न र त्यसमा सुझाव दिन सांसदहरुलाई निर्देशन दिनुभएको छ । “विधयकहरु पारित भएपछि कानुनको रुपमा आउछन् । त्यस कारण यसको गहन अध्ययन गर्नुहोस । पार्टी नीति र सिद्धान्त अनुसार आफ्ना कुराहरु राख्नुहोस ।”

प्रधानमन्त्री ओलीले सांसदहरुलाई सरकारका काम कारबाहीको बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशन दिनुभएको छ । “सरकारले राम्रो काम गरिरहेको छ । विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मन्त्रीहरुले पनि माननीयहरुलाई मन्त्रालयले गरेका राम्रा कामहरुको जानकारी दिनुहोस । ”

२०७५ पौष १२ गते प्रकाशित

वि.सं.२०७५ पुस १२ बिहीवार ०९:२६ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:३८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...