back
NMB ad

क्लासिक टेकले शुरु गर्यो विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिबाट फाईवर ईन्टरनेट सेवा

Kumari bank ad

काठमाडौं । विगत नौं वर्ष देखि नेपालमा विशुद्ध ईन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रा. लि. ले हाल विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

सो कम्पनीसँग हाल १०० न्दउक को फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको प्लासिक टेकले जनाएको छ ।

कम्पनीले अहिलेसम्म नेपालको ७४ वटा जिल्लामा नेटवर्क विस्तार गर्नुका साथैं २० वटा भन्दा बढी शाखाको स्थापना गरी करीब ८०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

ईन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै यस कम्पनीले बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरु बजारमा ल्याएको छ । यस कम्पनीले ४० एमबीपीएस गतिको बुलेट(जी प्लान मात्र रु ६९२ प्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपालमै यति धेरै ब्यान्डविथ यति कम मूल्यमा उपलब्ध गराईएको यो पहिलो पटक हो । यसका साथैं जडान खर्च तथा फाईवर केवलमा शतप्रतिशत छुटका साथैं धरौंटी रकम बुझाउनु नपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका साथैं सिमित अवधिका लागि खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी सो सेवा लिने ग्राहकहरुलाई ५ प्रतिशतको नगद छुटको व्यवस्था समेत गरिएको छ ।

ईन्टरनेटको ब्यान्डिवथको वृद्धि र कम्पनीको पूर्वाधारको सुधारको कारणले नेपालमा ग्राहकहरुले उत्कृष्ट सेवाको अनुभव पाउनुका साथै विशेष गरी गेमर्सहरुका लागि ठूलो राहत मिल्ने कम्पनीले जनाएको छ ।

२०७६ बैशाख १५ गते प्रकाशित

वि.सं.२०७६ वैशाख १५ आइतवार १८:१३ मा प्रकाशित

You can share this post!

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...