back
NMB ad

अस्वस्थकर खानाले विश्वभरि हरेक वर्ष ४ लाख २० हजार मानिसको ज्यान जान्छ

Kumari bank ad

काठमाडौं । संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठन (एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को संयुक्त आह्वानमा यस वर्षदेखि जुन ७ तारिखका दिन ‘विश्व खाद्य सुरक्षा दिवस’ मनाउन थालिएको छ । “खाद्य सुरक्षा सबैको सरोकार” भन्ने मूल नाराका साथ विश्वभरि नै मनाइएको विश्व खाद्य सुरक्षा दिवसका अवसरमा नेपालमा ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले पनि खाद्य सुरक्षाका विभिन्न आयामहरूबारे सचेतना कार्यक्रम आयोजना गरेको छ ।

आलीदेखि थालीसम्म नै खाद्य सुरक्षाका तहगत रूपमा ध्यान नदिइए त्यसले विभिन्न किसिमका रोगब्याधी उत्पन्न गरि मानव जीवनचक्रमै असर पार्ने भएकाले यसबारे सचेतना बढाउन विश्वव्यापी रूपमा खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अस्वस्थकर खानाकै कारण विश्वभरि हरेक वर्ष ४ लाख २० हजार मानिसको ज्यान जाने गरेको छ, जसमध्ये पाँच वर्षमुनिका बालबालिकाहरू सबैभन्दा ठूलो जोखिममा छन् । खाद्यसम्बन्धी रोगहरूका कारणले मात्र वार्षिक १ लाख २५ हजार बालबालिकाहरूको ज्यान जाने गरेको छ । कुल खाद्यजन्य रोगको ४० प्रतिशत साना बालबालिकामात्रै प्रभावित हुने गरेका छन् ।

डब्लूएचओका अनुसार असुरक्षित खानामा रहेका ब्याक्टेरिया, भाइरस, परिजीवी वा रसायिनक पदार्थबाट दूषित खानाहरूका कारण हरेक वर्ष विश्वका १० मध्ये एक जना मानिस बिमारी हुने गरेका छन् । संख्यात्मक रूपमा दूषित र असुरक्षित खानाकै कारण बर्से्नि ६ करोड मानिसहरू बिमारी हुने गरेका छन् ।

नेपाल सेफ्स एसोसियसनका पूर्व अध्यक्ष गोविन्दनरसिंह केसी, वल्र्ड ट्राभल एसोसियन (अस्ट्रेलिया)का सद्भावनादूत सुरज प्रधान, गेट भोकेसनलका प्रमुख प्रशिक्षक सेफ कुमार चालिसे र अमेरिकाको जोन्सन एन्ड वेल्स युनिभर्सिटीका अध्यापक शरीन रिडलगायतका वक्ताहरूले खाद्य सुरक्षाका विभिन्न आयामबारे प्रकास पारेका थिए ।

वक्ताहरूले दिगो विकास लक्ष्य (एसडीजी)मा नै खाद्य सुरक्षाको विषयलाई प्रमुखताका साथ सम्बोधन गरेको उल्लेख गर्दै खाद्य सुरक्षाका लागि सरकारले मात्र नभइ खाद्य उत्पादन, वितरण, व्यापार र उपभोगको चक्रमा रहेका प्रत्येक व्यक्ति संवेदनशील हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा तर्फबाट रजत पोखरेल, ज्योति तिम्सिना र नवाङ टासी शेर्पाले खाद्य सुरक्षाको वर्तमान अवस्था र दिगो विकास लक्ष्यमा तिनको सम्बन्धबारे अध्ययनका निचोड प्रस्तुत गरेका थिए । कार्यक्रममा डेफोडिल पब्लिक स्कुल, गेट कलेजलगायत विभिन्न विद्यालय र कलेज तहमा अध्ययनरत विद्यार्थीहरूमाझ खाद्य सुरक्षाका आधारभूत पाँच तत्वहरू, खाना बनाउनु र खानुअअघि व्यक्तिगत सरसफाइ, खानेकुरा तयारीमा तिनको पूर्व सफाइ, भान्साघरको सरसफाइ, प्याकेटबन्द खानेकुराको उत्पादन तथा उपभोग अवधिजस्ता विषयमा सचेतना अभिवृद्धि गरिएको थियो ।

२०७६ जेठ २६ गते प्रकाशित

वि.सं.२०७६ जेठ २६ आइतवार ११:३१ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:३८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...