back
NMB ad

मध्यपहाडी लोकमार्ग आयोजनाका ठेकेदारबाट एक करोड २२ लाख जरिवाना असुली

Kumari bank ad

फिदिम । तोकिएको समयमा काम सम्पन्न नगरेका मध्यपहाडी लोकमार्ग आयोजनाका ठेकेदारबाट एक करोड २२ लाख रूपैयाँ जरिवाना असुली गरिएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमले निर्धारित समयमा काम सम्पन्न नगरेको भन्दै लोकमार्गको विभिन्न खण्डको ठेक्का लिएका पाँच निर्माण कम्पनीबाट उक्त रकम असुली गरेको हो ।

आयोजना प्रमुख अभिमनदास मुल्मीका अनुसार सम्झौतामा तोकिएको समयमा सडक र पुल निर्माण सम्पन्न नगरेका निर्माण कम्पनी कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेमा तेह्रथुमको खोरुङ्गा खोलामा पुल निर्माणको जिम्मा लिएको कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सन, इलाइट कन्स्ट्रक्सन, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सन, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन र एरिमा कन्स्ट्रक्सन रहेका छन् ।

कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सनबाट ५९ लाख ६९ हजार रूपैयाँ, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनबाट ५४ लाख ५३ हजार रूपैयाँ, इलाइट कन्स्ट्रक्सनबाट सात लाख ७३ हजार रूपैयाँ, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सनबाट एक लाख ७५ हजार रूपैयाँ तथा एरिमा कन्स्ट्रक्सनबाट एक लाख १९ हजार असुली गरिएको मुल्मीले जानकारी दिए ।

पाँचथरको याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङबाट शुरु भई सुदूरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट जोड्ने उक्त सडकको कूल लम्बाइ एक हजार ७७६ किलोमिटर रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको पूर्वीखण्ड कार्यालयले पाँचथरदेखि भोजपुरसम्मको ३८६ किलोमिटर सडकको काम हेर्दै आएको छ । सो खण्डमा १८२ किलोमिटर सडक कालोपत्रे भइसकेको मुल्मीले जानकारी दिए । -रासस

२०७६ साउन ३० गते प्रकाशित

वि.सं.२०७६ साउन ३० बिहीवार १६:४६ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...