back
NMB ad

झरनाको काखमा तोक्पेगोला

Kumari bank ad

ताप्लेजुङ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला गाउँपालिका–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि ४ हजार १ सय मिटर उचाइमा पर्छ तोक्पेगोला ।

उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल ।

टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि ! किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शितलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैंमा सुन्दर त हुने नै भयो ।

संसारमा सुन्दर स्थान कि समुद्री किनारमा नत्र हिमालको काखमा हुन्छ भन्ने मान्यता साँचो हो भन्ने बोध गराउँछ ।
अग्लो चट्टान छिचोलेर बग्ने झरनाको काखको बस्तीबाट वरपरका भिर र चट्टान मानव तथा जनावर आकृतिका देखिन्छन् । पूर्वपट्टिको अग्लो भिरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ ।

झरनाबाट दूध रङको छङछङ झर्ने पानीको दृश्य र आवाजले आनन्दित तुल्याउँछ । वरिपरिका चउरमा फुलेका रङ्गीचङगी फूलले सुनमा सुगन्ध थपिएझै बस्तीको सुन्दरता अझ बढाइदिएको छ । महिनैपिच्छे रङ्ग फेर्नु र छिनछिनमा मौसम बदलिनु बस्तीको विशेषता हो ।

कहिले पहेंलो फूलले पहेलपुर बन्छ । कहिले निलो, रातो र हरियो फूलको सौन्दर्यले अचम्मित बनाउँछ । कहिले सबै फूल सुकेर मरुभूमि जस्तो देखिन्छ । बस्ती क्षेत्र सिजनमा हरियो घाँसे मैदानमा परिणत हुन्छ ।

अतिथि देवो भवः तोक्पेगोला बस्तीका बासिन्दाले बुझेका छन् । यहाँ पुग्न बर्खामा घामपानीको लुकामारी छिचोल्नै पर्छ । हिउँदमा कठ्याङ्ग्रिदो जाडो ।

जुन समयमा पुगेपनि गलेर शिथिल बनेको शरीरमा फुर्ती बढ्छ । सायद अघिपछि पर्यटक तथा तिर्थयात्री कमै पुग्ने गरेकाले होला, यहाँका बासिन्दा गफगाफ गर्न खुब रुचाउँछन।

दर्जनौ ताल तथा तलैया भएको जानकारीले ५२ पोखरी ५३ तालले परिचित रुकुम जिल्ला बवर्साउँछ । किनकी सोदो पोखरी, भुत पोखरी, तीन पोखरी, थाङ्ला पोखरी, साजु पोखरी र पाथीभरा पोखरी इत्यादि । डाँडाकाडा, पाखा, पखेरा, छाँगा, वन जंगल, जडिवुटीले यो क्षेत्र सजिएको छ ।

बस्तीदेखि ३ सय मिटर दुरीमा छ, सोदोपोखरी । नागपञ्चमीका दिन पूजा हुन्छ । यहाँ आउन चाहनेको एउटै लक्ष्य हुन्छ, तोक्पेगोला र सोदोपोखरी अवलोकन गर्ने ।

वडाध्यक्ष डन्डु शेर्पाका अनुसार यहाँका बासिन्दाको मुख्य पेशा पशुपालन हो । गाई, याक तथा चौरी पालेर जीवनयापन चल्छ । बिहान छाड्दा र गोधुली साँझमा फर्कदा याक तथा चौरीको घाँटीमा झुन्ड्याइएको घन्टीको कुन्डुङ कुन्डुङ आवाजले मन प्रफुल्ल बन्छ । चीनको तिब्बतसँग सिमा जोडिएको छ यो ठाउँ ।

तिब्बतको रिउ बजार पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । चामल बाहेक दैनिक उपभोग्य सामग्री तिब्बतबाट ल्याउने गरेका छन् । याकमार्फत् सामान ढुवानी गर्छन् । याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ । उताको तुलनामा यताको चामल सस्तो पर्छ ।

यहाँ ८ महिनामात्र बस्छन् । जाडो र हिउँ छल्न घरपालुवा जनावरसँगै पापुङमा झर्छन् । प्रायः सबैको घर छ । कात्तिकदेखि माघसम्म हिउँ पर्ने र जाडो अधिक हुने भएकाले बस्ती अर्थात बेसी झर्छन। जडिवुटी पनि आम्दानीको श्रोत बनेको अध्यक्ष शेर्पाले बताए । तोक्पेगोला पुगेर फर्कने भन्छन्, ‘भर्जिन पर्यटकीय क्षेत्र ।’

कसरी पुगिन्छ ?

सदरमुकामदेखि गाडीमा दोभान–नाल्बु–पापुङसम्म गाडी चल्छ । अर्को्दिन हिँडेर तोक्पेगोला पुगिन्छ । कच्ची सडक भएकाले गाडीमा घल्च्याक र घुल्चुक सहनुपर्छ ।

सदरमुकामदेखि हिँडेर हान्दु्रङ–खोक्लिङ–लिवाङ–साँवाहुँदै गाडी पुग्ने ठाउँ पापुङ पुगिन्छ । सदरमुकामदेखि गाडी वा हिँडेर जसरी गएपनि तोक्पेगोला पुग्न २ दिन लाग्छ ।

दर्जन बढी झोलुङे र काठे पूल तर्नुपर्छ । पापुङ बस्ती छाडेपछि तोक्पेगोला नपुगेसम्म बस्ती छैन । ठाउँ–ठाउँमा भेटिएका गाई गोठ नै होटल हो । (कारोवार दैनिक बाट)

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार १२:५८ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...