back
NMB ad

दशैँ, तिहार र छठपर्व लक्षितः हवाईजहाज भाडामा ३६ दिन छुट, यस्ता छन सुविधाहरु

Kumari bank ad

काठमाडौं । नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन ।

वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले दशैँका अवसरमा आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्म उडानमा यात्रुलाई छुट दिने निर्णय गरेको हो ।

नियमित उडान सञ्चालन गर्ने सदस्य वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे समान्य हवाई भाडा मूल्यमा यात्रुलाई १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विमानस्थल कर र इन्धनको मूल्यमा बाहेक वायुसेवा कम्पनीले लिने सामान्य भाडामा यस्तो छुट दिन लागिएको हो । वायुसेवा कम्पनीले पछिल्लो समय धमाधम जहाज भित्र्याइरहेकाले आवश्यकता अनुसार हवाई टिकट उपलब्ध हुने कम्पनीको दाबी छ ।

आन्तरिक उडान गर्ने ठूला कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले क्रमशः जहाज थपेका छन । हरेक वर्ष महत्वपूर्ण चाडपर्वका बेला यात्रुले टिकट नपाएर सास्ती बेहोर्दै आएका छन । यात्रुको चाप अनुसार उडान संख्या थप्ने पनि वायुसेवा कम्पनीको योजना छ ।

आन्तरिक उडानमा १० हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन ।

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार ०९:०२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...