back
NMB ad

भारतमा आइतबारदेखि राष्ट्रपति शासन !

Kumari bank ad

नयाँ दिल्ली । भारतीय केन्द्र सरकारद्वारा उत्तराखण्डमा पछिल्ला दिनहरुमा राजनीतिक सङ्कट गहिरिएपछि आइतबारबाट लागु हुनेगरी राष्ट्रपति शासन लगाइएको छ ।  राष्ट्रपति शासनको काङ्ग्रेस आईले विरोध जनाएको छ ।

राष्ट्रपति प्रणव मुखर्जीले केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसमा भारतको संविधानको अनुच्छेद ३५६ अनुसार आइतबार काङ्ग्रेस आईका हरिस रावत नेतृत्वको राज्य सरकार बर्खास्त गरी राष्ट्रपति शासनको घोषणा गरेका हुन्।

आसाम राज्यको निर्वाचन अभियानमा शनिबार आसाम पुग्नुभएका प्रधानमन्त्री नरेन्द्र मोदी राति नै दिल्ली फर्किनु भएपछि शनिबारै मन्त्रिपरिषद्को आपतकालीन बैठक बसेको थियो ।

उक्त बैठकले राष्ट्रपतिलाई उत्तराखण्डमा विकसित पछिल्ला घटनालाई लिएर राष्ट्रपति शासन लगाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

१५ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १५ सोमवार १२:१३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...