back
NMB ad

अब बैंकबाट ऋण लिएर घर किन्न सजिलो, यस्ता छन सुविधा

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर किन्न अब सजिलो हुने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ मा संसोधन गर्दै व्यक्तिगत घर किन्नको लागि सजिलो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई १ करोड ५० लाखसम्मको ऋण स्वीकृत गर्दा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको हो । यसअघि यस्तो धितोको ६० प्रतिशतसम्म दिने व्यवस्था थियो ।

बैंक तथा वित्तीय संस्थाले पहिलो पटक घर किनेको व्यक्तिको ऋणको ब्याजदर बढाएपनि मासिक किस्ता रकम भने नबढ्ने भएको छ । बढाउन नपाउने भएका छन ।

जसले गर्दा बैंकको ऋण लिएर घर किन्ने उपभोक्तालाई राहत हुने भएको छ । केन्द्रीय बैंकको यो सुविधाबाट सहरी क्षेत्रका मध्यमवर्गका उपभोक्ताले राहत पाउने भएका छन ।

ब्याजदर बढेपछि मासिक किस्ता रकम बढ्दा उपभोक्ताको आर्थिक अवस्था नै कमजोर हुने गरेको थियो । निर्देशिकाले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाएपछि ऋण दिने समय बढाउनुपर्ने हुन्छ ।

‘कर्जाको व्याजदर बृद्धि भएमा पूर्व निर्धा्रित मासिक किस्ता बृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्ने छ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा भनिएको छ ।

यस्तै, राष्ट्र बैंकले ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर तथा अपार्टमेन्ट हुनुपर्ने कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट यस पूर्व घरर अपार्टमेन्ट निर्माण वा खरिद कर्जा नलिएको यकिन गर्नु पर्ने तथा यस सुबिधा अन्तरगत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको श्रोतको रुपमा देखाउन नपाइने व्यवस्था गरेको छ ।

 

वि.सं.२०७६ कात्तिक १६ शनिवार १४:३४ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...