back
NMB ad

हजारौँ संख्यामा खुल्यो सरकारी जागिर, यस्तो छ अवसर

Kumari bank ad

काठमाडौं । के तपाई जागिरको खोजिमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सुनौलो अवसर सृजना भएको छ । राष्ट्रिय जनगणनाका लागि सरकारले ५४ हजार ४१३ जनालाई रोजगारी दिने भएको छ । तीन महिने अवधिका लागि सरकारले उक्त जनशक्तिलाई रोजगारी दिन लागेको हो ।

केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा ठूलो मात्रामा जनशक्ति एकै पटक देशभर परिचालन गर्न लागेको हो ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले यसपटक जनगणनामा नितान्त बेरोजगार युवालाई परिचालन गर्ने नीति लिइएको बताए ।

उनले गणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्यांक संकलनमा सबैको महत्वपूर्ण भूमिका रहने बताएका छन् । राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्यांक नै देशको मूल तथ्यांक भएकाले वास्तविक तथ्यांक आओस भनेर विशेष ध्यान दिइएको छ ।

सोही तथ्यांकलाई मूल आधार बनाएर सरकारले राष्ट्रिय नीति र विकास निर्माणमा योजना बनाउने भउकाले पनि ठूलो मेहनत गर्न लागिएको विभागले जनाएको छ ।

विभागले ‘मेरो गणना, मेरो सहभागिता’ नारा तय गरी आगामी माघ १ गतेदेखि चैत्र मसान्तसम्म नमूना जनगणना सम्पन्न गर्ने तयारी गरेको छ ।

विभागले ‘राष्ट्रिय जनगणना २०७८’ मा बेरोजगार युवाहरुलाई गणक बनाउन प्राथमिकता दिने नीति लिएपछि त्यसलाई धेरैले सकारात्म्क रुपमा लिएका छन् । गणनामा ५४ हजार ४१३ जनशक्ति परिचालन हुने र ४३ हजार २७७ गणकको संख्या रहनेछ ।

२०७६ पुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...