back
NMB ad

रामबहादुरको बालबच्चा जिफन्टले पढाउने

Kumari bank ad

काठमाडौ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाईका उपाध्यक्ष स्व.रामबहादुर तामाङको परिवारलाई नगद आर्थिक सहयोग गर्दै जिफण्टले बालबच्चा पढाउन सहयोग गर्ने बताएको छ ।

श्रद्वाञ्जली कार्यक्रममा इकाई समिति र जिफन्टका तर्फबाट अरनिको इकाइ कमिटिका उपाध्यक्ष स्व.रामबहादुर तामाङको परिवारलाई ७० हजार रुपैया प्रदान गरिएको थियो । नगद हस्तान्तरण गर्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का उपमहासचिव जनक चौधरीले स्व.तामाङको एक बालबालिकालाई जिफन्टले शिक्षादिक्षाको प्रबन्ध गर्ने घोषणा गरेका थिए । स्व. तामाङ एक इमान्दार, लगनशील, मेहनती र सामाजिक कार्यमा पनि उत्तिकैरुपमा सक्रिय थिए ।

विचार नभएका मधेसवादीदलहरु पातलिंदै : चौधरी

ram badr 1
उपमहासचिव जनक चौधरीले मधेसवादी दलहरुसँग कुनैपनि विचार नभएको भन्दै उनीहरुको संख्या पातलिंदै गएको ठोकुवा गरेका छन् ।

कार्यक्रममा उनले मधेसवादी दलसँग आबद्ध मानिसहरु पनि विस्तारै ती पार्टीबाट किनारा लाग्ने दाबी गरे । उनले भने, ʽजतिपति क्षेत्रिय र मधेसवादी दलहरु छन्, उनीहरुसँग विचार छैन । कुनैपनि पार्टी चल्न विचार चाहिन्छ । विचार नभएको मधेसवादीदलहरु पातलिंदै जान्छन् ।ʼ

मधेसवादी दलहरुको कुनै लक्ष्य पनि नभएको भन्दै चौधरीले ती दलसँग आबद्ध मानिसहरु धेरै समय उनीहरुको विश्वासमा नरहने बताए । चौधरीले भने, ʽउहाँहरु कोहि पूर्व कम्युनिष्ट, कोहि पूर्व कांग्रेस लगायत विभिन्न पृष्ठभूमिको जमघट हो । यो अस्थाई हो । सबै विचारबाट अलग भएर एक्लाएक्लै मान्छेले निर्माण गर्ने पार्टीले अंगिकार गर्ने दर्शनबाट कोहि मानिसको घरमा परिवर्तन हुँदैन । परिवर्तन नहुँदा मानिसहरु किनारा लाग्नेछन् ।ʼ

कार्यक्रममा अरनिको ट्रक इकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले रामबहादुर तामाङको निधनले यस क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका थिए ।

२२ चैत २०७२/ ५:५९

वि.सं.२०७२ चैत २२ सोमवार १८:१७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...