back
NMB ad

यी ३० कम्पनीले साढे २१ अर्बको आईपीओ ल्याउँदै, कुनको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । विभिन्न क्षेत्रका ३० ओटा कम्पनीहरुले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन ।

पूर्वाधार बैंक, बीमा, जलविद्युतलगायत कम्पनीहरुले गरी २१ अर्ब ४९ करोड १५ लाख ५९ हजार रुपैयाँ बराबरको २१ करोड ४९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।

आईपीओ निष्कासन गर्न सबै कम्पनीहरुले साधारणसभाबाट प्रस्ताव पारित गरिसकेका छन । यी मध्ये केहीले नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेका छन ।

यी मध्ये सबैभन्दा ठुला रकमको आईपीओ निष्कासन गर्नेमा नेपाल इन्फास्ट्रक्चर बैंक रहेको छ । बैंकको हालै सम्पन्न साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

बोर्डमा आवेदन दिन बाँकी छ । आईपीओ निष्कासनपछि बैंकको पुँजी २० अर्ब रुपैयाँ पुग्ने छ । नेपाल पुर्नविमा कम्पनी लिमिटेडको छ ।

नेपाल पुर्नविमाले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

चालु आर्थिक वर्षभित्र आईपीओ निष्कासन गर्ने तयारी कम्पनीको छ । रकमका आधारमा सबैभन्दा कम आइपीओ सीआईबीएल क्यापिटल लिमिटेडको छ । सीआईबीएलको ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता रहेको छ ।

बोर्डमा आईपीका लागि आवेदन दिनेमा नेपाल पुर्नविमा, हिमालयन हाइड्रोपावर लिमिटेड, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, लिवर्टी हाइड्रोपावर इनर्जी लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड र माउन्टेन नेपाल हाइड्रो लिमिटेडलगायत १४ कम्पनी छन । प्रतिफल कम भएको भन्दै पछिल्लो समयमा लगानीकर्ताको आकर्षण जलविद्युतमा घटेको छ ।

यस्तै चन्द्रागिरी हिल्स लिमिटेडले १० करोड, डिसहोम मिडिया नेटवर्क लिमिटेडले २० करोड रुपैयाँ छन । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरी ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन । यी निर्जीवन बीमा कम्पनी हुन । निर्जीवन बीमा कम्पनीको न्युनतम पुँजी १ अर्ब रुपैयाँ छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायवल इन्स्योरेन्स, आईएमई लाइफ, सानिमा लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, युनियन लाइफ र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरी ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन । जीवन बीमा कम्पनीको न्युनतम पुँजी २ अर्ब रुपैयाँ छ ।

धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको सूचि 

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2020/01/KDWU4fmPwGGyi7utyMD1n94WtuXgYKIL9C3MQBAV.pdf”]

साधारणसभाबाट पारित गर्ने कम्पनीको सूचि 

२०७६ पुस २७ गते प्रकाशित

वि.सं.२०७६ पुस २६ शनिवार १५:२६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...