back
NMB ad

कुखुराको मासुमा अप्रत्यासित मूल्य वृद्धि, प्रतिकिलो कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । उपभोक्ताको ढाड सेकिने गरी मासुजन्य पदार्थमा मूल्य वृद्धि भएको छ । खसीको मासु भन्दा कुखुराको मासुमा अप्रत्यासित मूल्यवृद्धि भएको हो ।

केही महिनादेखि खसीको मासुको मूल्यमा वृद्धि भइरहेको छ । यो सातादेखि कुखुराको मासुको मूल्य पनि बढेको छ । केही साताअघि कुखुराको मासु प्रतिकिलो २ सय ७० रुपैयाँ थियो ।

अहिले मूल्य ह्वात्तै बढेर ४ सय रुपैयाँ पुगेको छ । मासुको मूल्यवृद्धिसँगै ग्राहक दैनिक ३० प्रतिशत घटेका छन् । आइकालु मिट सेन्टरका संचालन बल्लु बलराम खड्गी मूल्यबढेपछि ग्राहक घटेको बताउनुहुन्छ ।

मासुको मूल्य हरेक साता बढ्न थालेपछि उपभोक्ता किन्नै नसक्ने अवस्थामा पुगेका छन् । ‘मासु पहिला सातामा दुई, तीन पटक नै खाइन्थ्यो तर अहिले सातामा एक छाक पनि नसकिने अवस्था छ’ उपभोक्ता श्याम खड्काको गुनासो छ ।

बजार अनुगमन नहुँदा मंसिर, पुष र माघमा मासुको मूल्य मनलाग्दी बढेको छ र उपभोक्ताको भान्सामा मासुका परिकार घट्दो छ ।

वि.सं.२०७६ माघ २० सोमवार २०:३७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...