back
NMB ad

एनएमबि बैंकसँग तीन संगठनको समझदारी : सहुलीयत कर्जा प्रवाहबाट कृषि उत्पादन बढाउन जोड

Kumari bank ad

काठमाडौं । सरकारले ब्याज अनुदानमा दिने सहुलीयतपूर्ण कर्जा प्रवाहलाई प्रभावकारी बनाउन एनएमबि बैंकले ३ ओटा संघसँग समझदारी गरेको छ ।
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा बैंकले नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो संघ नेपाल र नेपाल उद्यमशील महिला महासंघसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल हाते कागज उद्यमी संघका अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका अध्यक्ष बुद्धि पूर्जा मगर र नेपाल उद्यमी महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

उक्त निकायका सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरुमा साझेदारी स्थापना गर्ने समझदारी गरेको बैंकका सीईओ केसी बताउँछन् । आन्तरिक उत्पादन तथा रोजगार सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न उद्यमी संगठनहरुसँग साझेदारी गरेको उनको भनाइ छ ।

बैंकले परम्परागत बैंकिङभन्दा केही पृथक भएर देशको अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा आफ्नो स्रोत र साधनलाई परिचालन गरिरहेको जस्तै साना तथा मझौला कर्जा, कृषि कर्जा, जलस्रोत कर्जा, उद्यमशील विकास प्रवर्द्धन गर्न सहुलियतपूर्ण कर्जा आदिमा विशेष जोड दिँदै आएको छ । सीईओ केसीका अनुसार यही प्रयासको निरन्तरता स्वरुप यी संगठनहरुसित समझदारी गरिएको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्याणले अहिलेको समस्या उत्पादन सामग्रीको बजारीकरण भएको औंल्याए । यसकारण बजारीकरणलाई व्यवस्थित गर्नमा जोड दिदैं उनले भने, ‘आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य मान्यतामा आधारित बैंकिङ र दिगो बैंकिङ सिद्धान्तमा उभिएको छ । नेपाल सरकारको समृद्ध नेपाल बनाउने बृहत लक्ष्यलाई साकार पार्न यो समझदारी कोशेढुंगा सावित हुने विश्वास छ ।’

यसैगरी कार्यक्रममा नेपाल हाते कागज उद्यमी संघका अध्यक्ष नरेन्द्रबहादुर साउदले हाते कागज सम्बन्धी ३७७ ओटा कम्पनी रहेको र यसबाट ५५ हजार घरधुरी लाभान्वित भएको जानकारी दिदैं बैंकले उक्त क्षत्रे उत्थानको लागि सहुलीयतपूर्ण कर्जामा सहयोग गरेकोमा आभार प्रकट गरे ।

नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देवीका वुढाथोकीले महिला उद्यमीहरुले गुन्द्रुक, मस्यौरा लगायतका उत्पादनहरू अष्ट्रेलीया लगायतका मुलुकमा निर्यात गर्ने गरेको जानकारी गर्दै अझै महिलाहरूले सहुलीयतपूर्ण कर्जाले आफ्नो व्यवसाय प्रवर्द्धन गर्न मद्दत पुगेको बताइन् ।

वि.सं.२०७६ माघ २५ शनिवार ०७:४८ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...