back
NMB ad

राहत कोषमा संघीय संसद सचिवालयद्वारा एक करोड जम्मा

Kumari bank ad

काठमाडौं । संघीय संसद सचिवालयले नेपाल सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ ।

सचिवालयले महालेखा नियन्त्रकको कार्यालय मार्फत मंगलबार १ करोड १ लाख ३२ हजार ८ सय रुपैंया कोषमा पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रण बसन्तराज सिग्देलले जानकारी दिए ।

मंगलबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहालले घोषणा गरेको एक महिनाको पारिश्रमिक बराबरको रकम पठाइएको छ ।

यस्तै नेकपा संसदीय दलका १ सय ९५ सांसदको आधा महिनाको तलब बराबरको रकम, निजी सचिवालय, स्थाई तथा करार कर्मचारीका तर्फबाट गरिएको योगदानको रकम पनि पठाइएको छ ।

पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद प्रदिप यादव र राराष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको एक महिना बराबरको तलब पनि कोषमा पठाइएको छ । संघीय संसद सचिवालयका अनुसार बाँकी सांसदरुले कोषमा पठाउने राहत रकम अर्को महिना जम्मा हुनेछ ।

वि.सं.२०७६ चैत २५ मंगलवार १५:२३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...