back
NMB ad

लकडाउनमा स्थानीय तहको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

Kumari bank ad

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको समया स्थानीय तहको महत्वपूर्ण भुमिका भएको बताउनुभएको छ । कोरोना भाईरसका नियन्त्रणका सन्दर्भमा मुलुक लक डाउन भएको अबस्थामा स्थानिय तहको भुमिकाको उहाँले प्रशंसा गर्नुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको कोरोना भाईरस ( कोभिड १९) को संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सम्बन्धी भएको सर्बदलिय बैठकमा सम्बोधन गर्दै उहाँले स्थानीय सरकारको भूमिकालाई संघ तथा प्रदेश सरकारले मूल्याँकन गरेको बताउनुभयो ।

अहिले बिश्वभरी नै चुनौतीका रुपमा फैलिएको महामारीका रुपमा रहेको कोरोना भाइसरलाई पराजित गर्न सबैको साथ हुनुपर्ने बताउनुभयो । हाल कोरोना भाइरस बिरुद्ध ३ तहको नै सरकार लडिरहेको समेत बताउनुभयो ।

कोरोना विरुद्ध प्रदेशमा सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरु निरन्तर रुपमा खटिरहेको भन्दै प्रदेशको साधन श्रोत र क्षमता अनुसार काम गरिरहेको उहाँले वताउनुभयो ।

उहाँले भन्नुभयो– “अहिले पनि धेरै चुनौतकिा विचमा काम भइरहेका छन्, लकडाउन सुरुवाती चरणमा छ, अब अझै चुनौतीपूर्ण हुनसक्छ, हामी झन धेरै सचेत हुनुपर्ने आबश्यकता रहेको छ ।

यो समय सबैको हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बेला भएको बताउनुभयो । प्रत्यक्षरुपमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुले जिम्मेवार बनेर प्रस्तुत भएको भनदै खुशी ब्यक्त गर्नुभयो । भबिष्यमा आईपर्न सक्ने हरेक चुनांैति पार गर्न सरकारले आबश्यक कदम चाल्ने बताउनुभयो ।

वैठकमा मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले कोरोनाबाट प्रभावित वनेका दैनिक ज्यालादारी मजदुरी गरेर रोजीरोटी गर्नेको पहिचान गरेर मात्र राहत वितरण गर्नुपर्ने वताउनुभयो । राहत वितरणमा पहिले भन्दा पनि अव ध्यान दिनु आवश्यक रहेको वताउनुभयो ।

वैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले १३ वटै जिल्लाका एक सय १९ वटै स्थानीय तहमा प्रदेश सरकारले कोरोना प्रभावितका लागि खर्च गर्नेगरी रकम पठाइसकेको वताउनुभयो ।

बिपद ब्यस्थापन समितिले जिल्लामा ५ लाख, गाउँपालिकामा १० लाख, नगरपालिकामा १२ लाख, उपमहानगरपालिकामा १५ लाख र महानगरपालिकामा २० लाखका दरले रकम पठाईसकिएको जानकारी दिनुभयो ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले प्रदेशभरी दैनिक उपभोग्य सामानको आपूर्तिमा समस्या नपरेको वताउनुभयो । समस्याको सुरुवात नहुँदै समाधान तर्फ प्रदेश सरकारले कदम चालिरहेको बताउनुभयो ।

सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरसको संक्रमणको आशंका हुने बित्तिक परिक्षण गर्ने ब्यबस्था गरिएको वताउनुभयो । अहिले पनि सवै मापदण्ड अनुसार क्वारेन्टाईन र आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

अस्पतालमा आपतकालिनरुपमा चाहिने सबैप्रकारका सामग्री स्टोर गरिएको पनि उहाँले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बागमती प्रदेशका नेता ईन्द्रबहादुर बानियाँले राहत बितरणमा एकद्वार हुनुपर्ने बताउनुभयो ।

अहिलेको सन्दर्भमा दुर्गम र बिकट ठाउँमा राहतको आबश्यकता हुन थालेको भन्दै सो स्थानमा पठाउन सुझाब दिनुभयो । आपद बिपदको बेला नेपाली काँग्रेसले सरकारलाई साथ दिने पनि उहाँको भनाई थियो ।

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, पूर्ब राज्यमन्त्री शेषनाथ अधिकारी, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, प्रदेशका प्रमुख सचिव तोयम राय, नेकपा मकवानपुरका सहइन्चार्ज रामेश्वर राना, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।

वि.सं.२०७६ चैत २६ बुधवार २०:३४ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...