back
NMB ad

कोरोना महामारी : विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित (कुन देशमा कति)

Kumari bank ad

एजेन्सी । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ५०६ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ।

संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा रहेको छ। निको हुनेमा सबभन्दा बढी चीनमा ७७ हजार ६७९ रहेका छन्।

यसैगरी अमेरिकामा थप १ हजार ९०० को ज्यान गएको छ। यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४७८ पुगेको छ। त्यस्तै ४ लाख ६२ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५ हजार ४१० निको भएका छन्।

पछिल्लो समय फ्रान्समा भाइरस तीव्र रूपमा फैलिरहेको छ। त्यहाँ एकैदिन १ हजार ३४१ ले ज्यान गुमाएका छन्। यससँगै ज्यान गुमाउनेको संख्या १२ हजार २२८ पुगेको छ। त्यस्तै १ लाख १८ हजार ७८१ मा संक्रमण पुष्टि भएको छ।

स्पेनमा थप ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै थप ६५५ जनाको ज्यान गएको छ। यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १५ हजार ४४७ पुगेको छ।

यता इटालीमा भने लगातार संक्रमण न्यून हुँदै गइरहेको छ। पछिल्लो २४ घण्टामा थप ४ हजार २०४ मा संक्रमण पुष्टि भएको छ। यससँगै १ लाख ४३ हजार ६२६ मा संक्रमण भइसकेको छ। त्यस्तै इटालीमा थप ६१० जनाको मृत्यु भएसँगै मृतक संख्या १८ हजार २७९ पुगेको छ।

कुन देशमा कति (आँकडा)

अमेरिका
संक्रमित: ४,६२,१३५
मृत्यु: १६,५१३
निको: २५,४१०

स्पेन
संक्रमित: १,५३,२२२
मृत्यु: १५,४४७
निको: ५२,१६५

इटाली
संक्रमित: १,४३,६६२
मृत्यु:१८,२७९
निको: २८,४७०

फ्रान्स
संक्रमित: १,१८,७८३
मृत्यु: १२,२२८

निको: २३,४४१

जर्मनी
संक्रमित: १,१८,२३५
मृत्यु: २,६०७
निको: ५२,४०७

चीन
संक्रमित: ८२,८८३
मृत्यु: ३,३३९
निको:  ७७,६७९

इरान
संक्रमित:  ६६,२२०
मृत्यु: ४,११०
निको: ३२,३०९

बेलायत
संक्रमित: ६५,८७२
मृत्यु : ७,९९३
निको : ३५९

टर्की
संक्रमित: ४२,२८२
मृत्यु: ९०८
निको: २,१४२

बेल्जियम

संक्रमित: २४,९८३
मृत्यु: २,५२३
निको : ५,१६४

स्वीजरल्यान्ड
संक्रमित: २४,०५१
मृत्यु: ९४८
निको: १०,६००

भारत
संक्रमित: ६,७२५
मृत्यु: २२६
निको: ६२०

नेपाल
संक्रमित: ९
मृत्यु: ०
निको: १
(स्रोतस: जोन्स हप्किन्स विश्वविद्यालय)

वि.सं.२०७६ चैत २८ शुक्रवार ०८:२६ मा प्रकाशित

You can share this post!

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...