back
NMB ad

एउटा जिल्ला जसले कृषिबाटै वार्षिक ५ अर्ब कमाउँछ

Kumari bank ad

बारा । यो जिल्ला खाद्यान्न, दलहन र तेलहन बालीमा आत्मनिर्भर बनेको छ । जिल्लामा गत आवमा धान, गहुँ, मकै, मुसुरो र तोरी बाली गरी कुल रु सात अर्ब ३७ करोडको चार लाख दुई हजार ३६ मेट्रिकटन उत्पादन भई आत्मनिर्भर भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए।

उत्पादित खाद्यान्न, दलहन र तेलहन बालीमा बीउबिजनका लागि ३१ हजार १९९ मेट र आन्तरिक खपत एक लाख १८ हजार ८२२ मेट हुने गरेको छ । पाँच अर्ब २४ करोड ३५ लाख बराबरको दुई लाख ५२ हजार १३ मेट बचत हुने गरेको छ। आव २०७१र७२ मा धान दुई लाख ३४ हजार ५९४ मेट उत्पादन भएकामा बीउका लागि २३ हजार ४५९ मेट र आन्तरिक ९३ हजार ८३७ मेट टन खपत भई एक लाख १७ हजार २९७ मेट बचत भएको कार्यालयले जनाएको छ।

यसैगरी गहुँ ७७ हजार ८९५ मेट उत्पादन भएकामा बीउका लागि छ हजार २३२ मेट र आन्तरिक १५ हजार ५७९ मेट खपत भई ५६ हजार ८४ मेट बचत भएको छ । यस्तै मकै ८२ हजार ३२५ मेट उत्पादन भएकामा बीउका लागि ८२३ मेट र आन्तरिक चार हजार ११६ मेट खपत भएर ७७ हजार ३८५ मेट बचन भएको कार्यालय प्रमुख यादवले बताए।

यसैगरी मुसुरो छ हजार दुई मेट उत्पादन भएकामा बीउका लागि ६०० मेट तथा आन्तरिक चार हजार ८०१ मेट खपत भई ६०० मेट बचत भएको थियो । तोरी एक हजार २२० मेट उत्पादन भई बीउका लागि ८५ मेट र आन्तरिक ४८८ मेट खपत भएर ६४६ मेट बचन भएको कार्यालयले जनाएको छ ।

७ बैशाख २०७२, १।००

वि.सं.२०७३ वैशाख ७ मंगलवार १४:५९ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...