back
NMB ad

मेगा बैंकले गण्डकीलाई प्राप्ति गर्ने, चालू आर्थिक वर्षभित्र एकीकृत कारोबार गर्ने

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल र गण्डकी विकास बैंकले प्राप्ति सम्बन्धि प्रस्ताव पारित भएको छ । दुबै बैंकले बुधवार विशेष साधारण सभा सम्पन्न गरि प्राप्ति सम्बन्धि प्रस्तावलाई अन्तिम रुप दिएका हुन् ।

मेगाले लकडाउनका बीच बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा विशेष सावधानी अपनाएर सभा सम्पन्न गरेको हो । बैंकका अध्यक्ष भोज बहादुर शाहले गण्डकीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति गराउन लकडाउनकै बीच सफल भयौं, अव यसै आर्थिक वर्षभित्र एकीकृत कारोबारका लागि काम गर्ने बताउनुभयो ।

हालसम्म राम्रो व्यवसाय गरिरहेको गण्डकीलाई प्राप्ति गरेपछि मेगाको व्यवसाय अझ बलियो हुने विश्वाससमेत व्यक्त गर्नुभयो । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले पनि गण्डकीलाई प्राप्ती गरेपश्चात देशकै ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुने बताउनुभयो ।

उहाँले दुई बैंक एक भएपछि वाणिज्य बैंकमध्ये नाफाको आधारमा ११ औं स्थानमा, निक्षेपका आधारमा ११ औं स्थानमा र कर्जाका आधारमा १२ औं स्थानमा रहने जानकारी दिनुभयो ।

९६ ओटा शाखामार्फत सेवा दिइरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपश्चात शाखा सञ्जालमा पनि उल्लेख्य वृद्धि भई मेगा बैंकको पहुँच विस्तार हुने पनि उहाँले बताउनुभयो ।

गण्डकीलाई प्राप्ती गरेपश्चात पनि मेगा बैंकले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गर्ने वा मर्जरमा जाने योजना अघि सारेको छ । यसका लागि आवश्यक सम्पूर्ण काम गर्ने जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गरेको छ । मेगाले गण्डकीलाई १ बराबर १ शेयर आदानप्रदान अनुपातमा प्राप्ति गर्न लागेको हो ।

बुधबारनै गण्डकी विकास बैंकले पनि पोखरामा सभा सम्पन्न गरी मेगामा विलय हुने प्रस्तावलाई पारित गरेको छ । विसं २०७६ कात्तिक २६ गते मेगाले गण्डकीलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको थियो । प्राप्ति प्रक्रिया प्रयोजनका लागि गण्डकीको शेयर कारोबार भने गत असोज ९ गतेदेखिनै बन्द रहेको छ ।

हाल मेगाको चुक्तापूँजी रू. १० अर्ब ३८ करोड ८६ लाख २१ हजार छ भने गण्डकी विकास बैंकको रू. २ अबै ७५ करोड रहेको छ । दुबै बैंक एक भएपश्चात चुक्तापूँजी रू. १३ अर्ब १३ करोड ८६ लाख २१ हजार पुग्नेछ ।

व्यवसायी हिसावमा मेगाले चालू आवको तेस्रो त्रैमाससम्म रू. १ अर्ब ४५ करोड १० लाख ९० हजार खुद नाफा गरेको छ । यस अवधिसम्म मेगाको वितरणयोग्य नाफा रू. ४५ करोड ९८ लाख ४७ हजार रहेको छ ।

मेगाको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ८३ र प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव १९ छ । त्यस्तै गण्डकी विकास बैंकले तेस्रो त्रैमाससम्म रू. ३६ करोड ९५ लाख ३६ हजार खुद नाफा गरेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ३ करोड २८ लाख ३२ हजार छ ।

प्रतिशेयर आम्दानी रू. १७ दशमलव ९२ रहेको गण्डकी विकास बैंकको प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव शून्य ७ रहेको छ ।

वि.सं.२०७७ जेठ २१ बुधवार १५:२८ मा प्रकाशित

You can share this post!

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...