back
NMB ad

विषाक्त लड्डु खाँदा पाकिस्तानमा २३ को मृत्यु

Kumari bank ad

काठमाण्डौं । मध्य पाकिस्तानको पन्जाब राज्यमा विषाक्त लड्डु खाादा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
गत साता पन्जाब राज्यको मुल्तानका साजद हुसैनले आफ्नो छोरा भएको खुशीयालीमा भाँडेको लड्डु खाएका मध्ये हालसम्म २३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा लड्डु बढ्ने व्यक्तिसहित उनको ११ परिवारको सदस्यको पनि छन् ।

यस्तै विषाक्त लड्डु खाएका ७७ जनालाई अस्पताल भर्ना गरि उपचार गरिएको छ । जसमध्ये ५ को अवस्था चिन्ताजनक रहेको छ । प्रहरीले उक्त लड्डु बेच्ने मिठाई पसलका दुईजना धनी र एक कामदारलाई पक्राउ गरेको छ ।

प्रहरीले मिठाई पसलको छेउमै रहेको किटनासक पसलबाट भुलवश केही किटनाशक मिठाईमा परेको हुनसक्ने आशंका गरेको छ । प्रहरीका अनुसार लड्डुका कस्तो प्रकारको विष थियो भन्ने अनुशन्धान भइरहेको छ ।

प्रहरी प्रवक्ता इर्फान फैजका अनुसार हुसैनले छोरा भएको खुशीयालीमा मिठाई खुवाउने उनले उक्त पसलबाट साढे चार किलो लड्डु किनेका थिए । उक्त लड्डु खाने बित्तिकै ५ जनाको तत्कालै मृत्यु भएको थियो ।

प्रकाशितः २०७३ वैशाख १४

वि.सं.२०७३ वैशाख १४ मंगलवार १४:४० मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...