back
NMB ad

रिपोर्ट नेगेटिभ आएकै दिन : वडाध्यक्षले मन्त्र पढे, सीता र कृष्णले गरे क्वारेन्टाइनमै बिहे

Kumari bank ad

दाङ । घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले विवाह गरेका छन् । वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर विवाह गराइदिएका हुन् ।

घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका-५ जवरपुरकी २१ वर्षीया सीता चौधरीबीच जेठ ३२ गते राति १०:३० बजे विवाह गराइदिएको वडाध्यक्ष अर्यालले बताए । क्वारेन्टाइनमा बसेको २२ दिन पुगेपछि स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको र त्यसै दिन विवाह गराइदिएको उनले बताए ।

‘उनीहरु घर छोडेर भारत गएको असारमा ९ महिना पुग्दैरैछ । ९ महिना पुगेपछि असारमा विवाह गर्न नमिल्ने विश्वास भएकाले जेठभित्रै रातारात विवाह गराइदिनुपर्ने भयो,’ उनले भने, ‘मन्दिरमा गएर विवाह गर्ने स्थिति नभएपछि मैले नै मन्त्र पाठ गरेर वरपीपललाई साक्षी राखेर विवाह गराइदिएँ ।’ उनीहरुलाई एक सातासम्म फरकफरक कोठामा अरुसँग नछोइने गरी बस्न अनुरोध गरी पठाएको उनले बताए ।

भारतको नयाँदिल्लीस्थित एरोसिटीमा सात वर्षदेखि होटेलमा काम गर्दै आएका वली र चौधरीबीच फेसबुकबाट चिनजान भएर डेढ वर्षअघि मायाप्रेम बसेको थियो । आठ महिनाअघि वली नेपाल आएर चौधरीलाई लिएर गएका थिए । ‘घरपरिवारले नस्वीकारेका कारण विवाह भएको थिएन । अहिले कोरोनाका कारण नेपाल आएपछि घरमा पनि कुरा भयो,’ वलीले भने, ‘घरपरिवारले मानेपछि क्वारेन्टाइनमै विवाह गर्नुपर्ने भयो । हतारमा सबै प्रक्रिया पुरÞ्याउन सकिएन । मन्त्र पढेर सिन्दुर हालियो ।’

वली आठ कक्षा पढ्दापढ्दै भारत गएका थिए । १२ कक्षा पास गरेकी चौधरी मायाप्रेम बसेपछि भारत गएको बताइन् । ‘सल्लाहबाट विवाह हुने अवस्था नदेखेपछि भागेका थियौं । विवाह गर्न पाइएको थिएन,’ उनले भनिन्, ‘अहिले घरमा आएर विवाह गर्न पाइयो । अहिले दुवैतिरका परिवार हामीलाई स्वीकार्न तयार भएपछि खुशी लागेको छ ।’

कोरोना संक्रमणको जोखिमबाट बच्न एक साता छुट्टै बस्नुपर्ने नियम पालना गरिरहेको चौधरीले बताइन् । ‘सबैको सुरक्षाका लागि नियम पालना गर्नुपर्ने भयो ।

राम्रैसँग विवाह गर्ने विचार थियो तर मिलेन,’ उनले भनिन्, ‘यसैमा भए पनि खुशी भएका छौं ।’ यातायात नचलेका कारण केटीतर्फका परिवार विवाहमा सहभागी हुन पाएनन् । केटातर्फका भने सबै परिवार जुटेर सामाजिक दूरी कायम राखेर विवाह गरेको चौधरीले बताइन् । -कान्तिपुर अनलाइनबाट

वि.सं.२०७७ असार २ मंगलवार ११:५८ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...