back
NMB ad

‘इपान’को निर्वाचनका लागि दुई धारमा सदस्यहरू : अधिकारी र आचार्यको छुट्टाछुटै प्यानल

Kumari bank ad

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को आगामी असार १५ गते हुने निर्वाचनका लागि सदस्यहरू दुई धारमा बाँडिएका छन् ।

व्यापक छलफल पछि संस्थापन पक्षले नयाँ अनुहारलाई बेवास्ता गरेपछि दुई धारमा बाँडिएर निर्वाचन हुन लागेको हो । बाराही हाइड्रो पावर कम्पनीका अध्यक्ष तथा रुग्ण जलविद्युत् आयोजनाको संयोजन गरिरहेका सूर्यप्रसाद अधिकारी तथा उनको समूहले नयाँ प्यानल बनाएर निर्वाचन लड्ने निर्णय गरेको छ । संस्थापन पक्षको योजनामा फरक मत राख्दै अधिकारी समूहले बिहीबार आफ्नो प्यानल घोषणा गरेको जानकारी दिएको छ ।

अधिकारी समूहमा उपाध्यक्षहरू अर्जुनप्रसाद गौतम, उत्तम ब्लोन, भरत खत्री, महासचिव गोरे शेर्पाले उमेदवारी दिने निर्णय गरेका छन् । यस्तै, सचिवहरूमा भरत लामिछाने थापा, मोहनविक्रम कार्की, प्रकाश दुलाल तथा कोषाध्यक्ष बलराम खतिवडाले उमेद्वारी घोषणा गरेका छन् ।

यसैगरी, सदस्यहरूमा मिथुन (सिपी) पौडेल, सुमनकुमारी जोशी, विक्रम विष्ट, जितमान शेर्पा तथा महिला सदस्यहरूमा अविज्ञा मल्ल, केसाङ डिकी लामाले उमेद्वारी घोषणा गरेका छन् । अन्तिम समयसम्म प्रयास भए पनि सहमति जुट्न नसकेपछि संस्थापन र नयाँ समूह बाँडिएको छ ।

संस्थापन पक्षले जलविद्युत् उद्यमी कृष्ण आचार्यलाई अक्ष्यक्षको रूपमा अगाडि सारेको छ । उनको समूहमा उपाध्यक्ष कुमार पाण्डे, आशिष गर्ग, गणेश कार्की तथा महासचिवमा आनन्द चौधरी लगायतले दाबेदारी गरेका छन् । संस्थापनले रुग्ण आयोजनाका समस्या नसुनेको तथा सरकारले घोषणा गरेका सुविधा प्राप्त गर्न लबिङ नगरेको नयाँ अनुहारहरूको आरोप छ ।

इपान कार्यसमिति पाँचौं कार्यकालसम्म सर्वसम्मतले नेतृत्व तथा कार्यसमिति चयन हुँदै आएको थियो । छैटौ कार्यकालका लागि पनि सहमतिको प्रयास गरिएको थियो । तर, संस्थापन पक्ष आफ्नै स्वार्थ अनुसार अगाडि बढेपछि बाध्य भएर नयाँ प्यानल बनाउनु परेको प्रत्यासीहरुले बताए ।

भरत खत्री पिपुल्स पाबर लि पुवा खोला २ ईलाम ४.९७ को अध्यक्ष ,संखुवासभा प्द्यल्च् ईसुबा खोला ९७ मे वा को संचालक निजि क्षेत्र को सबैभन्दा बढि लगानि रहेको ब्यबसाय करिब ७ खर्ब लगानी रहेको ,हाल यस संस्था मा १७५ कम्पनी आबद्ध रहेका छन ।

वि.सं.२०७७ असार १३ शनिवार ०८:१७ मा प्रकाशित

You can share this post!

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...