back
NMB ad

फेरि यातायात बन्द गर्ने निर्णय, पसल तथा व्यवसाय पनि बन्द ! (सूचनासहित)

Kumari bank ad

राजविराज ।  नगर क्षेत्रमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमित बढिरहेको भन्दै आज (बिहीबार) देखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधित अर्को आदेश नआउञ्जेलसम्म राजविराज नगर क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

समितिको हिजो बसेको बैठकले राजविराज नगरपालिकामा समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन नगर क्षेत्रभरि सो आदेश जारी गर्ने निर्णय भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए । निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने उनले जानकारी दिए ।

करिब पाँच दिन अगाडि राजविराजकै वडा नं ६ निवासी ७३ वर्षीय एक प्रतिष्ठित व्यापारीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । मृतकको सम्पर्कमा आएका उनको परिवारका पाँचै जनासहित अन्य मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रहरी उपरीक्षक प्रसाईंले भने ।

सो बैठकपछि नगरपालिकाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा पूर्ण लकडाउन अवधिमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, पसल, उद्योग, यातायात बन्द गर्ने निर्णय भएको उल्लेख छ । स्वास्थ्यसँग सम्बन्धित तथा अन्य अतिआवश्यक सेवा भने सञ्चालन रहने विज्ञप्तिमा जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराजमा कोरोना सङ्क्रमण समुदायमा पुगेको पुष्टि भएको जनाइएको छ । आजमात्रै राजविराजका १३ जनासहित थप १४ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए ।

उनका अनुसार सङ्क्रमितमध्ये एक जना गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक वार्डका कर्मचारी र एक जना अस्पतालभित्रकै पोषण पुनःस्थापना केन्द्रमा कार्यरत कर्मचारी रहेको बताए । -रासस

राजनिषेधज्ञा

वि.सं.२०७७ साउन ८ बिहीवार ०८:०१ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...