back
NMB ad

कर्जासँगै निक्षेपको ब्याजदर पनि घट्यो

Kumari bank ad

काठमाडौं । कुनै समय वार्षिक १५ प्रतिशतसम्म पुगेको घरजग्गा कर्जाको ब्याजदर एकल बिन्दुमा झरेको छ।बजारमा माग र आपूर्तिको अवस्थाले मूल्य निर्धारण गर्ने तथ्य घरजग्गा कर्जाको ब्याजदरमा देखिएको उतारचढावले पुनः पुष्टि गरेको छ।

विगतमा लगानीयोग्य पुँजी (तरलता) अभाव हुँदा निक्षेप आकर्षित गर्न बैंक वित्तीय संस्थाले बढी ब्याज तिर्नुपर्दा ऋण लिनेसँग पनि उनीहरुले चर्को ब्याज असुल्नुपरेको थियो। २०७३ सालको पूर्वाद्र्धतिर ८–९ प्रतिशत वार्षिक ब्याजदरमा घरकर्जा लिएका ऋणीहरु त्यसको एकदुई वर्षमै १५ प्रतिशतसम्म ब्याज तिर्न बाध्य भएका थिए।

अहिले अधिक तरलता थुप्रिएका बेला कर्जाको माग नभएपछि बैंक वित्तीय संस्थाले घरजग्गा कर्जाको ब्याजदर एकल अंकमा झारेका हुन्। कर्जासँगै निक्षेपको ब्याजदर पनि घटेको छ। साउन पहिलो सातादेखि ब्याजदरसम्बन्धी सूचना प्रकाशन गर्न थालेका वाणिज्य बैंकहरूले घरजग्गा कर्जामा बढीमा ९.९९ प्रतिशतसम्म ब्याज लिने घोषणा गरेका छन्।

सबै बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल अंकमा आएको होइन। केहीको अझै ११–१२ प्रतिशत ब्याजदर छ। नागरिक दैनिकमा खबर छ ।

वि.सं.२०७७ साउन १२ सोमवार ०८:१० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....