back
NMB ad

फेरि १४ दिन लकडाउनको घोषणा

Kumari bank ad

मोरङ । विराटनगर महानगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) बाट संक्रमितको संख्या एक सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीकाअनुसार शुक्रबार विराटनगर–५ का २ जना, विराटनगर–२ का २ जना, ६ का १ जना, ११ का २ जना, १२ का २ जना १७ का २ जना र अन्य १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले १४ दिने लकडाउनको घोषणा गरेको छ । महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

महानगरपालिकाले यसअघि नै लकडाउन गर्न जोड गरेपनिप्रदेश सरकारले अनुमति नदिएको आरोप लगाउँदै आएको थियो । शुक्रबार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थानीयतहरुलाई आवश्यकता अनुसार कदम चाल्न सक्ने गरी बाटो खोलिदिए पछि महानगरले लकडाउनको घोषणा गरेको हो ।

सामाजिक विकास मन्त्रीजीवन घिमिरेले परिस्थितिको विश्लेषण गरी स्थानीयतहहरु आफैंले लकडाउन गर्नसक्ने बताएका छन् । महानगरमा कन्ट्याक्ट ट्रेसिङका क्रममा यात्रा विवरण नखुलेका संक्रमित भेटिएपछि संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गरिएको छ ।

वि.सं.२०७७ साउन १६ शुक्रवार १५:५४ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...