काठमाडौँ । काठमाडौंको नयाँबानेश्वर, बुद्धनगर, थापागाउँ, बजुली बजार क्षेत्र सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरे पनि स्थानीय तहले सिल गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयले नयाँबानेश्वर, बुद्धनगरसहित आफ्नो वडा क्षेत्रमा सिल गरेको हो। कोरोना संक्रमण फैलिरहेकाले यस १० नम्बर वडा अन्तर्गत धेरै जनामा कोरोना पोजेटिभ देखिएकाले नागरिकको भीड बढेसँगै जोखिम पनि बढ्ने हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि सिल गरिएको वडा कार्यालयले जनाएको छ।
के गर्न पाइने, के नपाइने ?
वि.सं.२०७७ साउन ३२ आइतवार १४:३८ मा प्रकाशित