back
NMB ad

महानगरमा एक साताका लागि कर्फ्यु लगाउने

Kumari bank ad

पोखरा । पोखरा महानगरमा एक साता निषेधाज्ञाका लागि सिफारिस भएको छ । महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले सोमबार राति १२ बजेदेखि भदौ ८ गतेसम्म एक साताका लागि निषेधाज्ञा लगाउन सिएमसीमा सिफारिस गरेको हो ।

समिति संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पछिल्लो समय पोखरामा कोरोना संक्रमित दर बढ्दै गएको र तीजमा बढी चहलपहल हुने हुँदा संक्रमण फैलिन नदिन हिजो (आइतबार) बसेको सर्वदलीय बैठकको सुझाव अनुसार यस्तो सिफारिस गरिएको जानकारी दिइन् ।

उनले भनिन्, ‘पाँच दल सम्मिलित सर्वदलीय बैठकमा एक सातासम्म पोखरामा कडाखालको निषेधाज्ञा गर्नुपर्ने सुझाव अनुसार समितिको बैठकले भदौ ८ सम्म निषेधाज्ञा गर्ने गरी जिल्ला विपद् व्यवस्थापन समिति (सिसिएमसी) को बैठकमा पेस गर्ने निर्णय भएको हो । सम्भवतः आजै (सोमबार) राति १२ बजेदेखि निषेधाज्ञा हुन्छ । हेरौं उता (सीसीएमसी) बाट कस्तो निर्णय आउँछ ।’

आइतबार सर्वदलीय बैठकमा नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, जनमोर्चा र राप्रपाका प्रतिनिधि सम्मिलित थिए । यता, सीसीएमसीको बैठक भने दिउँसो बस्ने तयारी रहेको छ ।

पोखरामा शनिबार १३ जनामा संक्रमण देखा परेकोमा आइतबारमात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार थप १ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा कुल संक्रमित संख्या १ हजार ७ सय ३९ पुगेको छ ।

वि.सं.२०७७ भदौ १ सोमवार १५:०० मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...