back
NMB ad

विवाह गर्ने नयाँ जोडीलाई सरकारले ६ लाख दिने

Kumari bank ad

काठमाडौं । विकासमा ठूलो फड्को मारेको जापानले पछिल्लो दशक एउटा ठूलो समस्या झेलिरहेको छ– न्यून जन्मदर ।

अहिलेकै क्रममा जन्मदर घट्ने हो भने भविष्यमा जापान रित्तिने त्यहाँका विज्ञहरूले चेतावनी दिएका छन् । जापानले यही समस्याको समाधान खोज्ने प्रयासस्वरूप नवविवाहित जोडीका लागि आर्थिक सहयोगको घोषणा गरेको छ ।

आगामी अप्रिलदेखि विवाह गर्ने नयाँ जोडीले ६ लाख जापनिज रुपैयाँ प्राप्त गर्ने जापान सरकारले घोषणा गरेको छ । जापानमा मान्छेहरू कामप्रति निकै समर्पित हुन्छन् । उनीहरू लामो समयसम्म काम गर्छन् ।

काममै व्यस्त हुँदा धेरै जापानिज ढिला विवाह गर्ने वा अविवाहित नै रहने क्रम बढेको छ । उनीहरूको यही जीवनशैलीका कारण जापानमा जन्मदर घट्दो अवस्थामा छ ।

सोहीकारण जापान सरकारले नवविवाहित सहयोग कार्यक्रमको घोषणा गरेको हो । सरकारको योजनाअनुसार नवविवाहित जोडीले आफ्नो नयाँ जीवन सुरुवात गर्न सरकारबाट ६ लाख रकम प्राप्त गर्नेछन् ।

४० वर्षभन्दा कम उमेरका बेहुलाबेहुलीले मात्रै रकम पाउँछन्

सरकारले यो कार्यक्रमलाई व्यापक बनाएर देशमा चाँडै विवाह गर्नेको संख्या बढाउने योजना बढाएको द जापान टाइम्सले उल्लेख गरेको छ । यसका लागि सरकारले केही विशेष मापदण्ड तय गरेको छ । मापदण्डअनुसार यो सुविधा लिन चाहने बेहुलाबेहुली दुवैजना विवाह गर्ने समय ४० वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।

जापानको केही स्थानीय तहमा यो कार्यक्रम यसअघिबाटै लागू थियो । गत जुलाईसम्म जापानको दुई सय ८१ नगरपालिका, देशको १५ प्रतिशत सहर र गाउँले यो कार्यक्रम लागू गरेका थिए । त्यसवेलासम्म स्थानीय निकायले आधा खर्च व्यहोर्दै आएका थिए । बाँकी खर्च केन्द्रीय सरकारले व्यहोर्दै आइरहेको थियो ।

यो कार्यक्रम प्रभावकारी देखिएपछि जापान सरकारले देशव्यापी बनाउने उद्देश्यस्वरूप नयाँ घोषणा गरेको हो । नयाँ घोषणाअनुसार जापान सरकारले घोषणा गरेको रकममध्ये तीन भागको एक भाग मात्रै व्यहोर्ने भएको छ । बाँकी रकम स्थानीय सरकारले नै व्यहोर्नेछ ।

सरकारले यो कार्यक्रमबाट प्रत्येक विवाहित जोडीलाई दुई सन्तानका लागि प्रेरित गर्ने लक्ष्य राखेको छ । गत वर्ष जापानमा प्रत्येक महिलाले उसको जीवनभर प्राप्त गर्ने बच्चाको संख्या १.३६ मात्रै थियो ।

गत वर्ष जापानमा अहिलेसम्मकै कम बच्चा जन्मिएका थिए । जापान सरकारले जनाएअनुसार गत वर्ष त्यहाँ आठ लाख ६५ हजार मात्रै बच्चा जन्मिएका थिए । यो अहिलेसम्मकै कम संख्या हो ।

आर्थिक सहयोगको घोषणाले सर्वसाधारणलाई विवाह गर्न प्रेरित गर्न प्रभावकारी देखिएको जनाइएको छ । सन् २०१५ मा जापानको नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्चले गरेको सर्भेले आर्थिक सहयोगले जापानी युवायुवातीलाई विवाहका लागि प्रेरित गरेको देखाएको थियो ।

सर्भेअनुसार यो व्यवस्था सुरु गरिएपछि जापानमा २५ देखि ३४ वर्षसम्मका पुरुषमा बिहे गर्ने क्रम २९.१ प्रतिशतले बढेको देखिएको थियो । यस्तै, अविवाहित महिलामा १७.८ प्रतिशतले वृद्धि भएको देखिएको थियो । –एजेन्सीको सहयोगमा

वि.सं.२०७७ असोज ८ बिहीवार १७:०६ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...