back
NMB ad

अनलाइनबाटै सामाजिक सुरक्षा कोषको भुक्तानी

Kumari bank ad

काठमाडौं । सामाजिक सुरक्षा कोषको भुक्तानी अनलाइनबाटै हुने व्यवस्था गरेको छ ।

कोषले सूचनामार्फत राष्ट्रिय वाणिज्य बैङ्कमार्फत एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानी अनलाइनबाट सोझै लाभग्राहीको बैङ्क खातामा जम्मा गर्ने व्यवस्था गरेको जनाएको हो ।

कोषका अनुसार उपदानसम्बन्धी भुक्तानीका साथै आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनालगायत भुक्तानी अनलाइनबाट शुरू गरेको छ ।

लाभग्राहीको दाबी अनुरोधसँगै बुझाइएको बैङ्क खाता विवरण अनुरूप अनलाइन भुक्तानी प्रदान गरिने कोषले जनाएको छ । कोषका अनुसार पहिले चेकमार्फत गर्ने गरिएका यी भुक्तानी अब पूर्ण स्वचालित रूपमा अनलाइनबाटै हुनेछ ।

रोजगारदाताले कोषको अनलाइन प्रणालीमा आफूलाई रजिस्टार गराई आफ्ना श्रमिकका हकमा गर्ने योगदानमा आधारित रकम सङ्कलन गत वर्षदेखि नै कनेक्ट आईपीएस ई–पेमेन्ट सदस्य बैङ्क, वित्तीय संस्थाका शाखामार्फत नेपाल बैङ्कमा रहेको खातामा गर्दै आएको छ ।

जसअन्तर्गत हालसम्म १० हजारभन्दा बढी कारोबारमार्फत एक अर्ब सात करोड बराबरको रकम सङ्कलन भइसकेको पनि कोषले जनाएको छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार ०७:५९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...