back
NMB ad

घारखोला जलविद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न

Kumari bank ad

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम धमाधम भैरहेको छ ।

सन् २०१८ जनवरीदेखि शुरु भएको आयोजनाको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको म्याग्दी हाइड्रोपावर लिमिटेडका आवासीय इञ्जिनीयर जोसेब बज्राचार्यले बताए ।

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा बाँध निर्माण भैरहेको छ । जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्राउने ‘डिसेन्डर’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

डिसेन्डरदेखि सुरुङसम्म ३८.३ मिटर लामो ‘डिसेण्डर एप्रोच क्यानल’ जडानको काम पनि अन्तिम चरणमा छ । तीन हजार पाँच मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार १७५ मिटर सुरुङ खनिएको छ ।

बाँधतर्फबाट एक हजार २१८ र किराथाप्ने स्थित ‘आउटलेट’ बाट ९५७ मिटर सुरुङ खनिएको हो । नेपाली सेनाको श्रीबक्स गुल्मअन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको छ ।

पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युत्गृह बनाउन माटो खन्ने काम भैरहेको छ । आउटलेटदेखि विद्युत्गृहसम्म ४९० मिटर पेनस्टक पाइप जडान गरिँदैछ । कारखानामा तयार भएको पेनस्टक पाइप ढुवानीको तयारी भएको छ । दशँै लगत्तै पाइप जोड्न शुरु गर्ने इञ्जिनीयर बज्राचार्यले बताए ।

घारखोलाको सिभिल ठेकेदार साउथ एसियन इन्फ्राइन्ट्रक्चर प्रालि हो । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालिले उपकरण तयार पार्ने काम धमाधम गरिरहेका छन् ।

सिभिल ठेकेदारका १४४ जना मजदूरले काम गरिरहेका छन् । कोरोनाका कारण बाहिरबाट मजदूर ल्याउन समस्या भए पनि उपलब्ध मजदूरलाई परिचालन गरिएको हो ।

लकडाउन घोषणा लगत्तै करिब २० दिन आयोजनाको काम रोकिएको थियो । भौगोलिक विकटता, कोरोनाको जोखिम र लकडाउनको असहज अवस्थाका बीच पनि कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।

सन् २०२१ को सेप्टेम्बर अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सव स्टेशनसम्म साढे सात किलोमिटर प्रशारणलाइन निर्माण गर्नेभएको छ ।

यो आयोजनाको अनुमानित कूल लागत रु दुई अर्ब ४१ करोड ५८ लाख २५ हजार हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ् । पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ ।

जम्मा ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माण पनि धमाधम भैरहेको छ । त्यस्तै १० मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले बेशी गाउँदेखि लेकगाउँ हुँदै बाँधतर्फ पहुँचमार्ग निर्माण गरिरहेको छ ।

कालीगण्डकी र आसपासका नदीमा सञ्चालित आयोजनामा उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण–३ दानामा सबस्टेशन र त्यहाँदेखि खुर्कोट जोड्ने प्रशारणलाइन निर्माण अन्तिम चरणमा पुगेको छ ।

वि.सं.२०७७ असोज २३ शुक्रवार १२:३४ मा प्रकाशित

You can share this post!

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...